वाइडवडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री ल्याइने « Khabarhub

वाइडवडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री ल्याइने


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री नेपाल ल्याइने भएको छ ।

औषधोपचारजन्य सामग्री लिन निगमको वाइड बडी जहाज शनिबार ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ । निगमका प्रवक्ता अर्चना खड्काले मेडिकल सामग्री लिन वाइड बडी जहाज शनिबार चीन जाने तर त्यसका लागि आवश्यक प्रक्रिया टुङ्गिनसकेको जानकारी दिइन् ।

‘हाम्रो (निगमको) वाइड बडी जहाज शनिबार चीन पठाउने तयारी गरिएको हो, तर यो प्रक्रियामै छ । ओभर फ्लाइङ पर्मिशनका लागि सम्बन्धित मुलुकसँग पहलकदमी भइरहेको छ । उडान अनुमति पाउनासाथ जहाज पठाइनेछ,’ उनले भनिन् ।

वाइड बडी जहाजले कोभिड– १९ परीक्षण गर्ने किट र पिपिई लगायतका औषधिजन्य सामग्री ल्याउनेछ । यो चार्टर्ड उडानका लागि सम्बन्धित मुलुकसँग उडान अनुमतिका लागि कूटनीतिक तवरबाट पहल भइरहेको जनाइएको छ ।

यसअघि कोभिड–१९ पहिलोपटक फेला परेको चीनको वुहान प्रान्तमा रहेका नेपालीलाई पनि निगमकै वाइड बडी जहाजले स्वदेश ल्याएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले निगमको वाइड बडी जहाज चीन जाने तयारी भइरहेको तर उडान तालिका भने यकिन भइनसकेको जानकारी दिए ।

शुक्रबार साँझसम्म उडान तालिका बन्ने उनले उल्लेख गर्नुभयो । सरकारले कोभिड परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  २ : १८ बजे

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु