कोरोनाभाइरसको संकटका बेला काबुल आक्रमण जघन्य र कायरतापूर्ण : संयुक्त राष्ट्रसंघ « Khabarhub

कोरोनाभाइरसको संकटका बेला काबुल आक्रमण जघन्य र कायरतापूर्ण : संयुक्त राष्ट्रसंघ


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कम्तिमा २५ जनाको ज्यान जाने गरी र थुप्रैलाई घाइते बनाएको काबुल आक्रमणलाई संयुक्त राष्ट्रसंघले जघन्य र कायरतापूर्ण आतंकवादी हमला संज्ञा दिँदै कडा शब्दमा निन्दा गरेको छ ।

एक प्रेस विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसंघले कम्तिमा २५ जनाको ज्यान जाने गरी र थुप्रैलाई घाइते बनाएको काबुल आक्रमणलाई जघन्य र कायरतापूर्ण आतंकवादी हमला भएको उल्लेख गरेको छ ।

बुधबार २३ मार्चमा आइसीसले अफगानिस्तानको काबुलस्थित शीख धर्मशालामा हमला गरेको थियो । उक्त हमलाको चौतर्फी निन्दा गरिएको छ । खासगरी पूरा विश्व कोरोना भाइरसको संकटसँग जुझिरहेको अवस्थामा आइसिसले गरेको उक्त हमललाई धेरैले अमानवीय र कायरतापूर्ण बताएका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले पीडित परिवार र अफगानिस्तान सरकारप्रति गहिरो सहानुभूति र संवेदना व्यक्त गरेका छन् र घाइते भएकाहरूलाई छिटो र पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले आतंकवादका सबै रूपहरू र अभिव्यक्तिहरू अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि सबैभन्दा गम्भीर खतरा रहेको दोहोर्‍याएका छन्  ।

सुरक्षा परिषद्का सदस्यहरूले काबुल आक्रमणको दोषीहरु, आयोजकहरू, फाइनान्सरहरू र प्रायोजकहरूलाई न्यायको कठघरमा ल्याउनुपर्ने आवश्यकतालाई जोड दिएका छन् । उनीहहरुले अन्तर्राष्ट्रिय कानून र सुरक्षा परिषद्को अगानिस्तान सम्वन्धित पारित प्रस्तावहरुअनुरुप अफगानिस्तान सरकार र सबै अन्य सम्बन्धित पक्षहरुलाई सक्रिय सहयोग गर्न आग्रह पनि गरेका छन् ।

सुरक्षा परिषद्का सदस्यहरूले दोहोर्याएका छन् कि, कुनै पनि आतंकवादी कार्यहरू आपराधिक र अव्यावहारिक हुन्छन् । उनीहरूले संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय मानव अधिकार कानून, अन्तर्राष्ट्रिय शरणार्थी कानून र मानवीय कानून लगायतका अन्तर्रा्ष्ट्रिय कानून अन्तर्गत अन्य दायित्वहरुका अनुसार अन्तर्रा्ष्ट्रिय शान्ति र सुरक्षाका लागि खतराविरुद्ध सबै राज्यले सबै तरिकाको लडाई लड्नु पर्ने आवश्यकतालाई समेत जोड दिएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  २ : ४३ बजे

महिला श्रमिकको पीडा : न सुरक्षा, न समान ज्याला

काठमाडौं– अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक, विशेष गरी महिला श्रमिकहरूले सरकार

आगलागीबाट एक महिनामा आठ जनाको मृत्यु 

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खा मौसममा

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काठमाडौं– प्रहरीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गाबाट लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई

जुम्लामा चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

जुम्ला– यहाँ चार हजारभन्दा बढी साना तथा घरेलु उद्योग दर्ता

नवनियुक्त चार मन्त्रीले लिए शपथ, अन्तरिम सरकार अब १४ सदस्यीय

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शुक्रबार चारजना मन्त्री थपिएका