लकडाउनको उल्लंघन गर्नेलाई गाउँ प्रवेशमा रोक « Khabarhub

लकडाउनको उल्लंघन गर्नेलाई गाउँ प्रवेशमा रोक


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

लहान– कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी सरकारले घोषणा गरेको लकडाउनको उल्लङ्घन गर्नेलाई स्थानीय युवाहरुले गाउँ प्रवेशमा रोक लगाएका छन् ।

सिरहाका केही गाउँका युवाले सडकमै बार लगाएर आवागमन रोकेका हुन् । सिरहाको लहान नगरपालिका– १६ तरेगना, गोलबजार नगरपालिका–२ गुरुधाम, सखुवानन्कारकट्टी गाउँपालिका–२ जगतपुर र नरहा गाउँपालिका–२ पानबारीका युवाले सडकमै बार लगाएर गाउँमा आवतजावत बन्द गराएका हुन् ।

सरकारले लकडाउन गरेपनि गाउँघरमा सर्वसाधारणको चहलपहल नघटेको र अन्य गाउँबाट समेत मानिस आउने जाने गरिरहेकाले लक डाउनको समयमा आवगमन रोक्न यस्तो गरेको तरेगनाका युवा रामदयाल महतोले बताए । लक डाउनको समयमा सर्वसाधारणको आवतजावत र अन्य गाउँबाट समेत व्यक्ति आउने गरेकाले कोरोना भाइरसको सङ्क्रमण भित्रिन सक्ने जोखिमका कारण यस्तो गर्नुपरेको उनको भनाइ छ ।

युवाले सडकमै बार लगाएपछि सडकमा सवारी आवागमन रोकिएको छ भने अन्य गाउँबाट समेत सर्वसाधारण आउने क्रम रोकिएको जनाएको छ । यसका साथै भारतसहित अन्य देशबाट फर्केर गाउँमै बसेकालाई समेत खोजी गरी युवाले क्वारेन्टाइनमा पठाउन सहयोग गरिरहेका छन् ।

यसैबीच कोभिड–१९ सङ्क्रमित देशबाट आउने र शङ्कास्पद बिरामीका लागि सिरहाको सबै स्थानीय तहले क्वारेन्टाइन तयार पारेका छन् । सिरहाका १७ वटै स्थानीय तहले क्वारेन्टाइन स्थापना गरिसकेका छन् ।

भारतसहित कोरोनाबाट प्रभावित अन्य मुलुकबाट आएकाको विवरण सङ्कलन गरी स्थानीय तहले विदेशबाट फर्केकालाई धमाधम क्वारेन्टाइनमा राख्न थालेका छन् । सिरहाको बरियारपट्टि गाउँपालिकामा ६, गोलबजार नगरपालिकामा एक, विष्णुपुर गाउँपालिकामा सात र भगवानपुरको आभेनगरमा तीनजनालाई क्वारेन्टाइनमा राखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत अञ्जेश्वर चौधरीले जानकारी दिए ।

उनका अनुसार क्वारेनटाइनमा राखिएकाको अवस्था अहिलेसम्म सामान्य रहेको छ । गम्भीर प्रकृतिको बिरामी आएको खण्डमा जिल्लाका विभिन्न पाँच ठाउँमा स्थापना गरिएको आइसोलेशनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

गत चैत ११ गते कोरोना भाइरसको आशङ्कामा औरहीका १ जना युवालाई थप उपचारका लागि काठमाडौँको टेकु पुर्‍याए यता जिल्लामा त्यस्तो प्रकृतिको कुनै बिरामी आएकोे सूचना नआएको अधिकृत चौधरीको भनाइ छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ३ : ०९ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने