लकडाउन उल्‍लंघन गर्नेलाई मेसिनको सहयोमा समात्दै प्रहरी « Khabarhub

लकडाउन उल्‍लंघन गर्नेलाई मेसिनको सहयोमा समात्दै प्रहरी


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिम रोक्न सरकारले लागू गरेको लकडाउनको उल्लंघन गर्नेलाई मेसिनको सहयोगमा प्रहरीले पक्राउ गर्न थालेको छ ।

मानिसबाट मानिसमा तीव्रगतिमा सर्ने जोखिमलाई मध्यनजर गर्दै प्रहरीले मेसिनको सहयोगमा लकडाउनको उल्लंघन गर्नेलाई पक्राउ गर्न थालेको हो ।

लकडाउनको चौथो दिन चलिरहँदा प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई धमाधम पक्राउ गरेको छ ।

लकडाउन उल्लंघन गर्दै मानिसहरु सडकमा निस्किदिएपछि प्रहरीलाई जोखिम बढेको बेलामा उपत्यकामा मेसिनबाट मानिस समात्न थालिएको हो।

निश्चित शारीरिक दूरी कायम गर्ने गरी मेसिनबाट प्रहरीले मानिस पक्राउ गरिरहेको छ। प्रहरीले यसअघि पञ्जा लगाएर समात्दा पनि थुक वा र्‍यालयबाट कोरोना भाइरस सर्ने जोखिम बढेपछि मेसिनको प्रयोग गरेको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौं उपत्यकाबाट लकडाउनमा सडकमा निस्किने मानिसलाई समात्न यस्ता दुईवटा मेसिनको प्रयोग गरेको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले यो मेसिनको प्रयोगले निश्चित दूरी कायम गर्ने भएकाले केही सुरक्षित हुने बताए।

सडकमा निस्किएकालाई अहिले परिसरको टोलीले दुईवटा समूह बनाएर पक्राउ गरिरहेको उनले बताए ।

यो मेसिनको प्रयोग गरेर लक डाउनको चौथो दिन प्रहरीले ५० जनाभन्दा बढीलाई पक्राउ गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ६ : ३९ बजे

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ