कोरोना संक्रमित २ जनाको अवस्था सामान्य, संक्रमित युवतीसँगै आएका ७८ जना क्वारेन्टाइनमा | Khabarhub Khabarhub

कोरोना संक्रमित २ जनाको अवस्था सामान्य, संक्रमित युवतीसँगै आएका ७८ जना क्वारेन्टाइनमा


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणपछि उपचाररत दुई नेपालीको अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा गत आइतबारदेखि उपचाररात १९ बर्षीय काठमाडौंकी युवती र बुधबारदेखि उपचारारत धादिङ ३२ बर्षीय युवकको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

१९ बर्षीया युवती फ्रान्सबाट कतार हुँदै गत चैत्र ४ गते नेपाल आएकी थिइन् भने अर्का युवा दुबैबाट चैत्र ६ गते नेपाल आएका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना भाइरसकै संक्रमणको आशंकामा टेकु अस्पतालमा रहेका दुई संक्रमितबाहेक राजधानीका तीन अस्पतालमा १३ जनालाई आइसोलेसनमा राखिएको छ ।

यसमध्ये टेकु अस्पतालमा ४ जना, पाटन अस्पतालमा ६ जना र कान्तिबाल अस्पतालमा ३ जनालाई आइसोलेनमा राखिएको छ ।

 चैत्र ४ मा युवतीसँगै आएका ७८ जना क्वारेन्टाइनमा

यसैबीच चैत्र ४ गते कतार एअरवेजको विमानमार्फत् दोहाबाट नेपाल पर्किएका ७८ जना नेपाली क्वारन्टीनमा रहेको खुलेको छ।

कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै क्युआर ६५२ उडानमार्फत् नेपाल फर्किएका यात्रुमध्ये ७८ जना ४८ जिल्लाका क्वारन्टाइनमा रहेको खुलेको हो ।

प्रहरीका प्रवक्ता उमेशराज जोशीका अनुसार नेपाल पर्किएकामध्ये ७८ जना क्वारेन्टाइनमा गएका छन् भने बाँकी यात्रुको खोजि जारी छ ।

चैत्र ४ को उक्त उडानमार्फत १ सय ५८ जना यात्रु नेपाल आएको बताइएको थियो ।

यसआधारमा अरु ८० जना व्यक्ति अझै पनि क्वारेन्टाइनमा नहुँदा कोरोना भाइरस संक्रमणको जोखिम अझ बढेको छ ।

दुबैबाट चैत्र ६ गते  एयर अरेवियाको विमान आएका युवाले अझ काठमाडौंकै एक होटलमा पार्टी दिएको र उनीसँगै आएका अरु दर्जनौं यात्रु सम्पर्कमा नरहँदा कोरोना भाइरस संक्रमणको समस्या विकराल बन्ने त हैन भनेर सरकारी अधिकारीहरु चिन्तित हुँदै आएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ६ : ५० बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित