आइसोलेसन निर्माणका लागि धरानस्थित बीपी अस्पतालका चार विभाग खाली « Khabarhub

आइसोलेसन निर्माणका लागि धरानस्थित बीपी अस्पतालका चार विभाग खाली


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान- कोरोना भाइरसको जोखिम रोक्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानल चारवटा विभाग खाली गरेर आइसोलेसन वार्ड निर्माणको तयारी थालिएको छ ।

आइसोलेसन वार्ड निर्माणका लागि  हाडजोर्नी, नाक कान घाँटी, छाला र आँखा वार्डका बिरामीलाई अन्यत्र सारेर खाली गराइएको प्रतिष्ठानका सहप्रवक्ता अशोक ऐरले जानकारी दिए ।

त्यहाँ रहेका बिरामीलाई मेडिसिन वार्डमा राखिएको छ । प्रदेश १ मा कोरोना संक्रमित बढ्ने सम्भावनालाई हेरेर थप आइसोलेसन बेड तयारी गरिएको उनले जनाए । यसअघि प्रतिष्ठानले २० वटा बेड भएको पेइङ वार्डलाई आइसोलेसन वार्ड बनाएको थियो ।

नियमित ओपिडी सेवा नचलेका कारण वार्डमा बिरामीको चाप पनि नभएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानमा अहिले २० बेडको आइसोलेसन रहेको छ । प्रत्येक वार्डमा ३० देखि ३४ बेड रहेका थिए । अब प्रतिष्ठानमा करिव १ सय ५० बेडको आइसोलेस वार्ड बनाइनेछ ।

हाल प्रतिष्ठानमा सातजनालाई आइसोलेसन वार्डमा राखिएको छ । ५४ जना प्रतिष्ठानको सम्पर्कमा आएकाहरूलाई विभिन्न क्वारेन्टाइनमा बस्न रेफर गरेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ६ : ५४ बजे

स्वास्थ्य मन्त्रालयको प्रशासनिक संरचना एकीकृत गरिँदै, सचिव देवकोटा नयाँ कार्यकक्षमा स्थानान्तरण

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रशासनिक समन्वय र सेवा

बालेनको मन्त्रिपरिषद्ले सुनसरी तनावबारे एक शब्द बोलेन, सरकारका प्रवक्ता पनि पत्रकारलाई छल्दै बाटो लागे

काठमाडौं- गत आइतबारदेखि सुनसरीको देवानगञ्जबाट सुरू भएको दुई समुदायबीचको तनावपछि

९ वटा विधेयक संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले दियो स्वीकृति

काठमाडौं– विभिन्न ९ वटा विधेयकलाई संघीय संसदमा पेश गर्न मन्त्रिपरिषद्ले

यी हुन् मन्त्रीपरिषद्का चार निर्णय

काठमाडौं– सरकारले विभिन्न कानुन संशोधन तथा नयाँ विधेयक संसद्मा पेश

बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ । राष्ट्रिय बाघ