नेपालमा कोरोनाको चौथो संक्रमण, धनगढीका एक जना संक्रमित « Khabarhub

नेपालमा कोरोनाको चौथो संक्रमण, धनगढीका एक जना संक्रमित


१४ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसबाट चौथो ब्यक्ति संक्रमित भएका छन् ।

उपत्यका बाहिरको पहिलो संक्रमण धनगढीमा भेटिएको जनाइएको छ । संक्रमितको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचार भइरहेको छ ।

दुबईबाट आएका ३४ बर्षीय पुरुष गत चैत्र ११ गते धनगढीमा उपचारका लागि भर्ना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

योसँगै कोरोना भाइरसको संक्रमण उपत्यका बाहिर पनि फैलिएको पुष्टि भएकाले उनले घरभित्रै रहेर लकडाउनको पालना गर्न उनले आग्रह समेत गरेका छन् ।

भिडियो हेर्नुहोस्

https://www.facebook.com/watch/?v=1091070171249900

यसअघि नेपालमा गत माघ ९ गते पहिलो पटक एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

त्यसको दुई महिनापछि यही चैत्र ४ गते फ्रान्सबाट कतार हुँदै आएकी १९ बर्षीय नेपाली युवतीमा पनि कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले गत सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको थियो ।

त्यसलगत्तै कोरोना भाइरसको संक्रमण फैलन नदिन भन्दै सरकारले मंगलबारदेखि एक साताको लकडाउन गरे पनि त्यसको भोलिपल्टै बुधबार दुवईबाट आएका धादिङका ३२ बर्षीय नेपाली युवा पनि कोरोना भाइरसबाट संक्रमित भएको खुलेको थियो ।

कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा उपचाररत उनीहरु दुबैको अवस्था सामान्य रहेको छ ।

कोरोना भाइरसकै संक्रमणको आशंकामा टेकु अस्पतालमा रहेका दुई संक्रमित बाहेक राजधानीका तीन अस्पतालमा १३ जनालाई आइसोलेसनमा राखिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७६, शुक्रबार  ७ : १९ बजे

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको

पहिलो विदेश भ्रमणका क्रममा बङ्गलादेशी प्रधानमन्त्री रहमान मलेसिया हुँदै चीन जाने

ढाका- बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार ग्रहणपछि आफ्नो पहिलो विदेश