कोरोना भाइरस : इटालीमा मृतक संख्या कम हुँदै, २४ घण्टामा २६० को मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : इटालीमा मृतक संख्या कम हुँदै, २४ घण्टामा २६० को मृत्यु


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं कोरोना भाइरसको महामारीले इटालीमा मृत्यु हुने मानिसको संख्या क्रमिक रुपमा घट्दै जान थालेको छ ।

आइतबार थप २६० जनाको मृत्युभएपछि इटालीमा मृतकको संख्या २६ हजार ६४४ पुगेको छ ।

यसअघि शनिबार त्यहाँ ४१५ जनाको मृत्यु भएको थियो । मृतकको संख्या घट्दै गएपनि संक्रमितको संख्यामा भने खासै सुधार हुन सकेको छैन ।

शुक्रबार २ हजार ३५७ जना नयाँ संक्रमित देखिएकोमा पछिल्लो २४ घण्टामा पनि त्यहाँ २ हजार ३२४ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ९७ हजार ६७५ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये ६४ हजार ९२८ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका १ लाख ६ हजार १०३ जनामध्ये २ हजार ९ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ५ : ५७ बजे

यस्तो छ नेपालगन्जको अवस्था (तस्बिरहरू)

काठमाडौं– गत भदौ अन्तिम साता भएको जेन-जी आन्दोलनका क्रममा देशका

दसैँ नजिकिएसँगै बजारमा उपभोक्ताको घुइँचो

काठमाडौं– दसैं नजिकिएसँगै बजारमा किनमेल गर्नेको घुइँचो देखिन थालेको छ

जेन-जी आन्दोलनमा गएका हुम्लाका थुक्तेन तामाङ ११ दिनदेखि बेपत्ता

हुम्ला– हुम्ला घर भइ हाल काठमाडौंमा बस्दै आएका थुक्तेन पाल्वर

गाजा सहरमा आक्रमण जारी, महिला र बालबालिका संकटमा

एजेन्सी– गाजा सहरमा जारी आक्रमणका कारण हजारौँ नागरिकहरू आफ्नो ज्यान

पोखराको विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने

गण्डकी– पोखराको प्रसिद्ध धार्मिक तीर्थस्थल विन्ध्यवासिनी मन्दिरमा नवदुर्गा महोत्सव हुने