गोकुल बाँस्कोटाले लेखे- ओलीविनाको नेकपा कल्पना गर्नेहरुले चाहेको सबल नेपाल कस्तो होला ? « Khabarhub

गोकुल बाँस्कोटाले लेखे- ओलीविनाको नेकपा कल्पना गर्नेहरुले चाहेको सबल नेपाल कस्तो होला ?


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपाका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा आलीविनाको नेकपा कल्पना गर्नेहरुमाथि कडा टिप्पणी गरे‍का छन् ।

उनले सामाजिक सञ्जालमा ओलीविनाको नेकपा कल्पना गर्नेहरुलाई रामापिथेकसको कथा स्मरण गराएका छन् । नेकपाकै असन्तुषट समूहले ओलीबिनाको नेकपा बनाउने भन्दै गरेका भेला र बैठकलाई लक्षित गरी फेसबुकमा लेखेका छन्- ओली नभएको नेकपाको कल्पना गर्ने पनि नेकपामा छन भने तिनिहरुले चाहेको सबल नेकपाको चित्र कस्तो होला त ? गणितले राजनितिको हैन, राजनितिले गणितको फैसला गर्छ। तिनाउको किनारमा रामापिथेकसको नलिहाड खोजेर बसेको भए मञ्जुश्रीले काठमाण्डौमा बस्ती नै बसाउन सक्ने थिएनन ।

आइतबार मात्र नेकपा असन्तुष्ट नेताहरुले आगामी स्थायी कमिटी बैठकमा ओलीको विकल्प तोक्नु पर्ने अडान अघि सारेका थिए । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधकुमार नेपालसहित एक दर्जनभन्दा बढी स्थायी कमिटी सदस्यहरु सम्मिलित बैठकमा सो निश्कर्ष निकालिएको हो ।

बैठकमा सहभागी एक नेताले भने, ‘ओलीले पार्टी र सरकार दुवै सञ्चालन गर्न सक्नुहुन्न भन्ने हाम्रो निष्कर्ष हो। अब त्यसको विकल्पको बाटो खोलिदिन उहाँलाई खुलेर आग्रह गर्नेमा हामी सहमत भएका छौँ।’

यही वैशाख ८ गते ओलीले पार्टीसँग कुनै पनि सल्लाह नगरी दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी कानुन अध्यादेशमार्फत संशोधन गर्ने निर्णय गरेपछि नेकपामा विवाद झन चुलिएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : १३ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला