सिरिए ए फुटबल पुन: सुचारु गर्ने तयारी, मे ४देखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुने « Khabarhub

सिरिए ए फुटबल पुन: सुचारु गर्ने तयारी, मे ४देखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुने


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटाली-कोरोना भाइरसको महामारीले सबैभन्दा नराम्रोसँग प्रभावित बनेको इटालीमा खेलकुद गतिविधि शुरु हुने भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण रोकिएको सिरी ए फुटबलका खेलहरु पुनः सुचारु गर्ने तयारी भएको छ । जसका लागि पहिलो चरणमा आगामी मे ४ देखि टिमहरु व्यक्तिगत प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

इटालीमा लकडाउन खुकुलो पार्ने प्रकृया सुरु भएसँगै मे ४ देखि खेलाडीहरु प्रशिक्षणमा सहभागी हुन पाउने भएका हुन् । यस्तै मे १८ देखि टिम प्रशिक्षण गर्न पाइने भएको छ ।

रोकिएका सिरी ए का खेलहरु मे २७ देखि जुन २ को बीचमा शुरु हुने आशा गरिएको छ । यो सिजन अगस्टको सुरुवातमा अन्त्य गर्ने तयारी रहेको छ ।

तर सिरी ए फुटबलका खेल बन्द रंगशालमै पनि कहिलेदेखि सुरु हुनेछ भन्ने औपचारिक घोषणा भने अझै गरिएको छैन ।

इटालीमा आइतबार कोरोना भाइरसका कारण २६० जनाको ज्यान गयो । यो मार्च १४ यताकै सबैभन्दा कम हो ।

इटलीमा अहिलेसम्म कोरोनाका कारण २६ हजार ६ सय भन्दा धेरैले ज्यान गुमाएका छन् भने १ लाख ९७ हजार ६ सय मानिस कोरोना संक्रमणका कारण प्रभावित भएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : १७ बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग