इटालीले मे ४ देखि लकडाउन हटाउने « Khabarhub

इटालीले मे ४ देखि लकडाउन हटाउने


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका मृतक तथा संक्रमित क्रमिक रुपमा कम हुँदै गएपछि इटालीले मे ४ देखि लकडाउन हटाउने घोषणा गरेको छ ।

आइतबार इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले फेसबूक लाइभ मार्फत मे ४ देखि सरकारले आधिकारिकरुपमा लक डाउन हटाउने घोषणा गरेका हुन् ।

सरकारले आधिकारिकरुपमा लक डाउन खोले पनि मास्क र पन्जा भने अनिवार्य गरेको छ । बाहिर निस्कदा १ मिटरको दूरी कायम गरेर हिड्न आह्वान गरिएको छ ।

पारिवारीक भेटघाटका नाममा भोज भतेर तथा पार्टी गर्न पाइने छैन । सरकारले मृतकको सत्गत गर्न पनि अनुमति दिएको छ।

यद्यपि अन्त्येष्टिमा १५ जनाभन्दा बढी समाबेश हुन पाइने छैन । संक्रमणको भयले स्कूल तथा कलेजहरु भने सेप्टेम्बरमा मात्रै खोलिने भएका छन् । बिद्यार्थीहरुको कक्षा अनलाईनमै हुने छन् ।

कोरोना भाइरसको संक्रमण बढेपछि इटालीले करिब २ महिनादेखि लकडाउन गर्दै आएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : ४१ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा