इटालीले मे ४ देखि लकडाउन हटाउने « Khabarhub

इटालीले मे ४ देखि लकडाउन हटाउने


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका मृतक तथा संक्रमित क्रमिक रुपमा कम हुँदै गएपछि इटालीले मे ४ देखि लकडाउन हटाउने घोषणा गरेको छ ।

आइतबार इटालीका प्रधानमन्त्री जुजेप्पे कन्तेले फेसबूक लाइभ मार्फत मे ४ देखि सरकारले आधिकारिकरुपमा लक डाउन हटाउने घोषणा गरेका हुन् ।

सरकारले आधिकारिकरुपमा लक डाउन खोले पनि मास्क र पन्जा भने अनिवार्य गरेको छ । बाहिर निस्कदा १ मिटरको दूरी कायम गरेर हिड्न आह्वान गरिएको छ ।

पारिवारीक भेटघाटका नाममा भोज भतेर तथा पार्टी गर्न पाइने छैन । सरकारले मृतकको सत्गत गर्न पनि अनुमति दिएको छ।

यद्यपि अन्त्येष्टिमा १५ जनाभन्दा बढी समाबेश हुन पाइने छैन । संक्रमणको भयले स्कूल तथा कलेजहरु भने सेप्टेम्बरमा मात्रै खोलिने भएका छन् । बिद्यार्थीहरुको कक्षा अनलाईनमै हुने छन् ।

कोरोना भाइरसको संक्रमण बढेपछि इटालीले करिब २ महिनादेखि लकडाउन गर्दै आएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ६ : ४१ बजे

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा