काठमाडौं महानगरभित्र बिहान १० बजेसम्म पसल खुल्ने « Khabarhub

काठमाडौं महानगरभित्र बिहान १० बजेसम्म पसल खुल्ने


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउने भएको छ ।

आइतबार बसेको महानगरको ४५औं कार्यपालिका बैठकमा मेयर विद्यासुन्दर शाक्यले राखेको प्रस्तावमा महानगरपालिकाका सबै वडाका अध्यक्ष सकारात्मक भएका हुन् ।

मेयर शाक्यले वडाध्यक्षहरूलाई भने, ‘बजारलाई सहज बनाउन स्थानीय प्रहरीसँग समन्वय गरेर बिहान १० बजेसम्म किनमेल गर्ने व्यवस्था मिलाउनु होला।’

मेयर शाक्यको अध्यक्षतामा बसेको कार्यपालिका बैठकमा कोरोना नियन्त्रणका लागि वडामा पठाइएको बजेट, वडाबाट भएका काम, राहत वितरणका लागि संकलित विवरण, र्‍यापिड परीक्षण, राहत वितरण, निःशुल्क भोजन व्यवस्थापनलगायत विषयमा छलफल भएको थियो।

कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले अहिलेसम्म आफ्ना क्षेत्रका ६८ हजार ६ सय १७ नागिरकई राहत वितरण गरेको मेयर शाक्यले जानकारी दिए। यस्तै १९ हजार ७ सय २३ जनालाई वडा कार्यालयबाट निःशुल्क भोजनको व्यवस्था गरिएको पनि उनले बताए।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि १० दिन थपेर वैशाख २५ गतेसम्म लम्ब्याएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै