कोरोना भाइरसविरुद्ध केन्द्रित भएर ‘पवनकली शो’ शुरु « Khabarhub

कोरोना भाइरसविरुद्ध केन्द्रित भएर ‘पवनकली शो’ शुरु


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरणमा केन्द्रित रहेर ‘पवनकली शो’ आइतबारबाट पुनः शुरु भएको छ ।

कोरोना विरुद्ध बालबालिकाहरुमा जनचेतना जगाउन लोकप्रिय हास्यप्रधान कार्यक्रम पवनकली शो’ आइतबारदेखि पुनः शुरू भएको हो । सेभ द चिल्ड्रेन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रसँगको सहकार्यमा पवनकली शो प्रशारणमा आएको हो ।

कार्यक्रम मूलतः बालबालिका लक्षित हुने भए पनि समग्र स्रोता दर्शकले पनि मनोरञ्जन र सूचना प्राप्त गर्न सक्ने जनाइएको छ ।

पवनकली शो कार्यक्रम अब हरेक आइतबार बिहान ७ः१५ देखि ७ः३० सम्म सामुदायिक सूचना नेटवर्क (सीआईएन) मार्फत देशैभरिका सामुदायिक रेडियो, युट्युब र सामाजिक सञ्जालबाट प्रसारण हुने सेभ द चिल्ड्रेनका कम्युनिकेसन म्यानेजर आयुष श्रेष्ठले जानकारी दिए ।

हास्यप्रधान ढाँचाको कार्यक्रम बालबालिका र समग्र स्रोता दर्शकलाई जानकार, सुसूचित र सचेत बनाउन प्रभावकारी हुने जनाइएको छ । कार्यक्रम लुनिभा तुलाधरले नै सञ्चालन गरेकी छिन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ८ : २५ बजे

नयाँबसपार्कबाट गाउँ फर्किने यात्रुको चाप उच्च

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँको नयाँबसपार्कबाट आफ्नो घर गाउँ फर्किने यात्रुको

बूढीगण्डकी बाढीको प्रतिकार्य तीव्र : नेपाल रेडक्रस

काठमाडौँ– नेपाल रेडक्रस सोसाइटीले बूढीगण्डकी नदीमा गएको आकस्मिक बाढी प्रभावितको

पहिरोले बूढीगण्डकीमा थुप्रिएर बनेको अस्थायी बाँध फुट्दा आकस्मिक बाढी : इसिमोड

काठमाडौँ– गोर्खाको चुमचेट नजिकै पहिरोले नदी थुनिएर बनेको अस्थायी बाँध

सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीहरूको मत गतगणना जारी

कांग्रेस महामन्त्रीमा पराजित घिमिरेले भने– ‘यो अन्त्य होइन, नयाँ सुरुवात हो’

काठमाडौँ– नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा