कोरोना कहर : अनलाइन कक्षा सञ्चालनको लागि महावीर पुनले सहयोग गर्ने « Khabarhub

कोरोना कहर : अनलाइन कक्षा सञ्चालनको लागि महावीर पुनले सहयोग गर्ने


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएका राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष समेत रहेका महावीर पुनले अनलाइन कक्षा सञ्चालनको लागि आवश्यक सहयोग प्रदान गर्ने भएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण पढनपाठन ठप्प भएपछि विद्यार्थीको उज्जवल भविष्यका लागि अनलाइन कक्षा सञ्चालनार्थ विद्यालय तथा कलेजलाई समन्वय तथा आवश्यक सहयोग गर्ने जानकारी दिएका हुन् ।

अनलाइन कक्षा सञ्चालनको लागि चाहिने टेक्निकल व्यवस्था नेपाल रिसर्च तथा एजुकेशन नेटवर्क संस्थाले गर्नेछ ।

संस्थाले विद्यालय तथा कलेजलाई अनलाइन कक्षा सञ्चालनको लागि आवश्यक पर्ने भिडियो कन्फेरेन्सिङ सफ्टवेयरको लाइसेन्स तीन महिना सम्मको लागि मात्र उपलब्ध गराउने छ ।

अनलाइन कक्षा सञ्चालनको लागि पढाउने शिक्षक, पढाउने ठाउँमा चाहिने इन्टरनेट, ल्याप्टप तथा डिजिटल क्यामेराको बन्दोबस्त सम्बन्धित शिक्षण संस्थाले आफ्नै खर्चमा गर्नुपर्नेछ । साथै आफ्ना विद्यार्थीलाई पनि तयारी अवस्थामा सम्बन्धित शिक्षण संस्थाले राख्नु पर्नेछ ।

कोरोनाको संक्रमण रोक्न महावीरले पीपीई लगायत मास्क लगायतका सामग्री समेत उत्पादन गरी चिकित्सकहरुलाई सहयोग प्रदान गर्दै आएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : ५९ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला