भारतमा भएको मुस्लिम सभाबाट फर्किएका थिए झापाका कोरोना संक्रमित « Khabarhub

भारतमा भएको मुस्लिम सभाबाट फर्किएका थिए झापाका कोरोना संक्रमित


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – झापाका कोरोना भाइरस (कोभिड–१९) संक्रमित दिल्लीमा भएको धार्मिक सभामा सहभागी भएर आएको खुलेको छ ।

दिल्लीको निजामुद्दीनस्थित मर्कजमा आयोजित मुस्लिम धार्मिक सम्मेलनमा सहभागी जमातीमा कोरोना भाइरस पुष्टि भएको हो ।

दमक नगरपालिकापछि बाह्रदशी गाउँपालिकाका ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै जिल्लामा कोरोना बिरामीको संख्या दुई पुगेको छ।

कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा ती पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बाह्रदशी गाउँपालिका ४ साबिक चकचकी गाविस बस्ने ५० वर्षीय ती व्यक्ति दिल्लीबाट घर फर्किएकाले उनको आरडीटीबाट दुई पटक कोरोना परीक्षण गरिएको थियो।

दुवै पटकको रिपोर्ट नेगेटिभ देखिए पनि उनीसहित बाह्रदशीका तीन जनाको स्वाब पीसीआर परीक्षणका लागि शनिबार कोसी अस्पताल पठाइएको थियो ।

उक्त परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएको व्यक्तिको स्वाब बाह्रदशीका स्वास्थ्यकर्मीको टोलीले उनको घरबाटै संकलन गरेका थिए ।

यता दिल्लीको मुस्लिम धार्मिक सम्मेलनमा नेपालबाट १९ जनामध्ये झापाबाट यी जमाती पनि सहभागी भएका थिए। उनी मार्च ३ अर्थात् फागुन २० गते दिल्ली गएका थिए । दिल्लीबाट मार्च ११ अर्थात् फागुन २८ गते झापा घर फर्किएका थिए । घर फर्किएपछि पनि उनी खुल्ला रुपमा हिँडेको र होम क्वारेन्टाइनमा नबसेको स्थानीयवासीको दाबी छ।

दिल्लीको जमातीबाट भारतमा कोरोना फैलिएको खबर बाहिर आएपछि मात्र उनलाई बाह्रदशीका स्वास्थ्यकर्मीले निगरानीमा राखेका स्थानीयले बताए । त्यसअघिसम्म उनी खुला घुमफिर गर्दै आइरहेका स्थानीयको दाबी छ ।

बाह्रदशीका व्यक्तिमा कोरोना पुष्टि भएपछि त्यहाँ उच्च सतर्कता बढाइएको झापा सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिए । राईका अनुसार कोरोना संक्रमित व्यक्तिको ट्राभल हिस्ट्रिसहित ककसलाई भेट वार्ता गरेका थिए भन्ने बारे खोजी भइरहेको बताए ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १२ : ०७ बजे

मेचीनगरबाट भन्सार छलीका कपडा बरामद

भद्रपुर– भारतबाट भन्सार छली गरी अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको

‘नेपाली जनसम्पर्क समिति भारत’को अध्यक्षमा दीपक झा विजयी

काठमाडौं- नेपाली कांग्रेसनिकट ‘नेपाली जनसम्पर्क समिति भारत’को नयाँ अध्यक्षमा दीपक

भद्रपुरमा निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने

भद्रपुर– भद्रपुर नगरपालिकामा जन्मेदेखि ओठ तथा तालु फाटेका बिरामीका लागि

पाँचथर पहिरोपीडितको उद्धारमा जुट्न कांग्रेस नेता आङ्देम्बेको आग्रह

काठमाडौं– प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले

प्रचण्डसँगको सहकार्यले टार्ला त ओलीको ‘खड्गो’ ?

काठमाडौं- नेकपासँग प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिका बावजुद नेकपा एमालेभित्र