लकडाउनका बेला मोटरसाइकलमा गाँजा तस्करी गर्ने ३ जना पक्राउ | Khabarhub Khabarhub

लकडाउनका बेला मोटरसाइकलमा गाँजा तस्करी गर्ने ३ जना पक्राउ


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको आदेश जारी गरेको बेला मोटरसाइकलमा लागू औषध (गाँजा) तस्करी गर्ने ३ जना पक्राउ परेका छन् ।

प्रहरीले धनुषा र नवलपरासी (पूर्व) जिल्लाबाट गरी अवैध गाँजासहित ३ जनालाई पक्राउ गरेको हो ।

धनुषाको बिदेह नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा १ किलो सहित २ जनालाई शनिबार राति पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-७ बस्ने ३१ वर्षीय प्रमोद दास र २६ वर्षीय दिप नारायण दास रहेका छन् ।

प्रहरी चौकी गिद्दाबाट खटिएको प्रहरीले हट्ठीपुरबाट बफैतर्फ आउँदै गरेको ज १० प २३१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा सहित फेला पारी मोटरसाइकल चालक प्रमोद दास र मोटरसइकलमा सवार दिप नारायण दासलाई पक्राउ गरेको हो ।

यस्तै, नवलपरासी(पूर्व)को मध्यबिन्दु नगरपालिका-११ अरुणखोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्रामसहित सोही नगरपालिका-१५ माथिल्लो भ्युरान बस्ने २८ वर्षीय तेज बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले लु ५९ प ९४५१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक तेजलाई पक्राउ गरेको हो ।

साथै मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश कुमाल फरार रहेकोले प्रहरीले खोजी गरिहरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ३ : १४ बजे

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्

चीनमा सवारीसाधनको बिक्रीमा उत्साहजनक वृद्धि

बेइजिङ – चीनमा सवारीसाधनको बिक्री मे महिनामा उल्लेखनीय रूपमा वृद्धि

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

झापा – झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर

आजका समाचार : संसद्मा हलो अड्किएको अड्कियै, नेपाल बैंकका पूर्वअध्यक्ष अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा र ट्रम्पको दक्षिणपन्थी बाटोमा संकटको बादल

काठमाडौं-तराई\मधेस द्रुतमार्गको समस्याबारे प्रधानमन्त्रीसँग छलफल प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई/मधेस

गण्डक नहर पूर्ण क्षमतामा सञ्चालन, उर्जामन्त्रीले गरे उद्घाटन 

नवलपरासी– उर्जामन्त्री दीपक खड्काले नेपाल गण्डक पश्चिमी नहर सिँचाइ आयोजनाको