लकडाउनका बेला मोटरसाइकलमा गाँजा तस्करी गर्ने ३ जना पक्राउ « Khabarhub

लकडाउनका बेला मोटरसाइकलमा गाँजा तस्करी गर्ने ३ जना पक्राउ


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड १९) संक्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको आदेश जारी गरेको बेला मोटरसाइकलमा लागू औषध (गाँजा) तस्करी गर्ने ३ जना पक्राउ परेका छन् ।

प्रहरीले धनुषा र नवलपरासी (पूर्व) जिल्लाबाट गरी अवैध गाँजासहित ३ जनालाई पक्राउ गरेको हो ।

धनुषाको बिदेह नगरपालिका-६ बाट अवैध लागूऔषध गाँजा १ किलो सहित २ जनालाई शनिबार राति पक्राउ गरिएको धनुषा प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा सोही नगरपालिका-७ बस्ने ३१ वर्षीय प्रमोद दास र २६ वर्षीय दिप नारायण दास रहेका छन् ।

प्रहरी चौकी गिद्दाबाट खटिएको प्रहरीले हट्ठीपुरबाट बफैतर्फ आउँदै गरेको ज १० प २३१२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध गाँजा सहित फेला पारी मोटरसाइकल चालक प्रमोद दास र मोटरसइकलमा सवार दिप नारायण दासलाई पक्राउ गरेको हो ।

यस्तै, नवलपरासी(पूर्व)को मध्यबिन्दु नगरपालिका-११ अरुणखोलास्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्रामसहित सोही नगरपालिका-१५ माथिल्लो भ्युरान बस्ने २८ वर्षीय तेज बहादुर नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी अरुणखोलाबाट खटिएको प्रहरीले लु ५९ प ९४५१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक तेजलाई पक्राउ गरेको हो ।

साथै मोटरसाइकलमा उनीसँगै सवार सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश कुमाल फरार रहेकोले प्रहरीले खोजी गरिहरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ३ : १४ बजे

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको