कोटेश्वरमा ओली–नेपाल समूहको छलफल, झलनाथ खनाल प्रचण्ड भेट्न खुमलटारमा « Khabarhub

कोटेश्वरमा ओली–नेपाल समूहको छलफल, झलनाथ खनाल प्रचण्ड भेट्न खुमलटारमा


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा उत्पन्न पछिल्लो गतिरोधका विषयमा नेताहरुबीच दुई पक्षीय तथा समूहगत छलफलहरु जारी छन् ।

सोमबार मात्रै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भयो । दुवै नेताबीच भेटवार्ता सकिएपछि अहिले नेता नेपालको कोटेश्वरस्थित निवासमा ओली र नेपाल पक्षका नेताहरुको छलफल चलिरहेको छ ।

यसैबीच पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता झलनाथ खनालबीच पनि सोमबार छलफल भएको छ ।

वरिष्ठ नेता खनाल अध्यक्ष प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका थिए ।

अध्यक्ष प्रचण्ड र नेता खनालबीच पार्टीको स्थायी कमिटी बैठकका विषयमा छलफल भएको जनाइएको छ । अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक बोलाउन नचाहेको अवस्था चाल्ने कदमबारे पनि दुई नेताबीच छलफल भएको खुमलटार स्रोतले जानकारी दिएको छ ।

यस्तै, नेता नेपालको कोटेश्वरस्थित निवासमा पार्टीमा देखिएको विवाद समाधानका विषयमा छलफल भइरहेको जनाइएको छ ।

अघिल्लो हप्ता मन्त्रिपरिषद बैठकले २ वटा विवादित अध्यादेश ल्याएपछि नेकपामा आन्तरिक विवाद चर्किदै गएको छ । पार्टी भित्रकै नेताहरुको दवावका कारण सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी २ विवादित अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा दुवै अध्यादेश खारेज गरिसकेकी छन् ।

तर, प्रधानमन्त्री ओलीको ‘निर्देशन’मा साबिकको समाजवादी पार्टी फुटाउनका लागि पूर्व राज्यमन्त्री समेत रहेका डा सुरेन्द्र यादवलाई अपहरणको शैलीमा महोत्तरीबाट काठमाडौं पुर्‍याएको विषयलाई लिएर नेकपामा विवाद बढेको छ ।

नेकपाका २० जना स्थायी कमिटी सदस्यहरुले तत्काल स्थायी कमिटीको बैठक माग गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई पत्र नै बुझाइ सकेका छन् ।

प्रधानमन्त्री ओली तत्काल स्थायी कमिटी बैठक बोलाउन चाहँदैनन् । ओली बाहेक अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेताहरु भने तत्काल स्थायी कमिटी बैठक बोलाउनुपर्ने पक्षमा छन् ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ४ : ०६ बजे

मध्यपूर्व तनाव कम गर्न मध्यस्थताका लागि चीन इच्छुक

बेइजिङ – चीनका उच्च कूटनीतिज्ञले आइतबार आफ्ना रुसी समकक्षीलाई मध्यपूर्वमा

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु