हवाई र पर्यटन क्षेत्रको सुधारका लागि चेम्बरले दियो यस्ता सुझाव « Khabarhub

हवाई र पर्यटन क्षेत्रको सुधारका लागि चेम्बरले दियो यस्ता सुझाव


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसका कारण मुलुकको पर्यटन तथा हवाई क्षेत्रमा परेको प्रभाव कम गर्न सरकारलाई सुझाव दिएको छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतका पदाधिकारीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई एक ज्ञापनपत्र बुझाउँदै पर्यटन तथा हवाई क्षेत्रको उत्थानका लागि सुझाव दिएको हो ।

चेम्बरले कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट विश्व पर्यटन गम्भीर रुपले प्रभावित भएको उल्लेख गर्दै त्यसलाई सुधारका लागि सरकारलाई सुझाव दिएको हो ।

विदेशी मुद्राको प्रमुख स्रोत रहेको नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसबाट उत्पन्न चुनौतीसँग जुध्न झनै कठिन रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा अत्यन्तै प्रतिकूल प्रभाव पारेकाले त्यसमा सुधार जरुरी रहेको बताए ।

चेम्बरले आन्तरिक पर्यटनतर्फ कोरोनाको प्रभाव कम हुने वित्तिकै अघि बढाउनु आवश्यक रहेको र त्यसका लागि सरकारले अनिवार्य रुपमा वर्षको एक पटक निजामती तथा सङ्गठित संस्थाका कर्मचारी र आम नागरिकलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणको लागि प्रेरित गर्नुपर्नेमा जोड दिएको छ ।

हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुँदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर–अक्टोबर महिनामा शुरु हुने पर्यटकीय सिजनमा चीनका विभिन्न शहरबाट पर्यटक भित्राउनेतर्फ सरकारीस्तरमै पहल गर्नुपर्ने चेम्बरको सुझाव छ ।

नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र चाइनिज एअरलाइन्सले चीनको विभिन्न शहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटक भित्राउनेतर्फ पहल गरिनुपर्नेमा चेम्बरले जोड दिइएको छ ।

यस्तै अन्य मुलुकका हवाइ सेवाप्रदायकसँग सम्पर्क गरी वायुसेवा उडान कहिलेदेखि सुरक्षित रुपमा सञ्चालन गर्न सकिने सो बारेमा छलफल गरी नेपाल वायु सेवा निगमलाई सञ्चालन गर्नुपर्ने चेम्बरको भनाइ छ । पर्यटक चाप घटेको यो बेलामा पर्यटन पूर्वाधारको निर्माणलाई तीव्रता दिइनुपर्ने, राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तीव्रता दिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौदर्यीकरण, अन्य विमानस्थलको स्तरोन्नति, पदमार्गको मर्मत सम्भार गर्नेतर्फ लाग्नुपर्ने चेम्बरको भनाइ छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै