हवाई र पर्यटन क्षेत्रको सुधारका लागि चेम्बरले दियो यस्ता सुझाव « Khabarhub

हवाई र पर्यटन क्षेत्रको सुधारका लागि चेम्बरले दियो यस्ता सुझाव


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले कोरोना भाइरसका कारण मुलुकको पर्यटन तथा हवाई क्षेत्रमा परेको प्रभाव कम गर्न सरकारलाई सुझाव दिएको छ ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठलगायतका पदाधिकारीले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई एक ज्ञापनपत्र बुझाउँदै पर्यटन तथा हवाई क्षेत्रको उत्थानका लागि सुझाव दिएको हो ।

चेम्बरले कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ बाट विश्व पर्यटन गम्भीर रुपले प्रभावित भएको उल्लेख गर्दै त्यसलाई सुधारका लागि सरकारलाई सुझाव दिएको हो ।

विदेशी मुद्राको प्रमुख स्रोत रहेको नेपाल जस्तो अति कम विकसित र आत्मनिर्भर हुन नसकेको मुलुकको लागि यसबाट उत्पन्न चुनौतीसँग जुध्न झनै कठिन रहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा अत्यन्तै प्रतिकूल प्रभाव पारेकाले त्यसमा सुधार जरुरी रहेको बताए ।

चेम्बरले आन्तरिक पर्यटनतर्फ कोरोनाको प्रभाव कम हुने वित्तिकै अघि बढाउनु आवश्यक रहेको र त्यसका लागि सरकारले अनिवार्य रुपमा वर्षको एक पटक निजामती तथा सङ्गठित संस्थाका कर्मचारी र आम नागरिकलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणको लागि प्रेरित गर्नुपर्नेमा जोड दिएको छ ।

हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुँदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर–अक्टोबर महिनामा शुरु हुने पर्यटकीय सिजनमा चीनका विभिन्न शहरबाट पर्यटक भित्राउनेतर्फ सरकारीस्तरमै पहल गर्नुपर्ने चेम्बरको सुझाव छ ।

नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स र चाइनिज एअरलाइन्सले चीनको विभिन्न शहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटक भित्राउनेतर्फ पहल गरिनुपर्नेमा चेम्बरले जोड दिइएको छ ।

यस्तै अन्य मुलुकका हवाइ सेवाप्रदायकसँग सम्पर्क गरी वायुसेवा उडान कहिलेदेखि सुरक्षित रुपमा सञ्चालन गर्न सकिने सो बारेमा छलफल गरी नेपाल वायु सेवा निगमलाई सञ्चालन गर्नुपर्ने चेम्बरको भनाइ छ । पर्यटक चाप घटेको यो बेलामा पर्यटन पूर्वाधारको निर्माणलाई तीव्रता दिइनुपर्ने, राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तीव्रता दिई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौदर्यीकरण, अन्य विमानस्थलको स्तरोन्नति, पदमार्गको मर्मत सम्भार गर्नेतर्फ लाग्नुपर्ने चेम्बरको भनाइ छ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : १९ बजे

 रामेछाप बस दुर्घटना : सत्यतथ्य छानबिन गर्नुपर्ने माग राख्दै स्थानीयले गरे सडक अवरुद्ध

काठमाडौं– रामेछापको मन्थली नगरपालिका–६ मसानेटारमा मंगलबार भएको बस दुर्घटनाको सत्य

क्यानाडामा गोलीकाण्ड, ९ जनाको मृत्यु

टोरन्टो– पश्चिमी क्यानाडाको दुर्गम क्षेत्रमा मङ्गलबार भएको सामूहिक गोलीकाण्डमा कम्तीमा नौ

लखन थापा मगरको स्मृतिमा फागुन २ गते खुल्ला दौड प्रतियोगिता हुने

काठमाडौं– नेपालका प्रथम शहीद लखन थापा मगरको ऐतिहासिक योगदान र

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

संखुवासभा– २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिचिला गाउँपालिका-१ बस्ने

इनड्राइभद्वारा नेपालमा ड्राइभर पार्टनर्सका लागि ०.०१% सेवा शुल्क लागू

काठमाडौं– इनड्राइभले नेपालका ड्राइभर पार्टनर्सका लागि अत्यन्त न्यून ०.०१% सेवा शुल्क