जुम्लामा ५ सय ६९ शय्याको क्वारेन्टाइन सञ्चालनमा « Khabarhub

जुम्लामा ५ सय ६९ शय्याको क्वारेन्टाइन सञ्चालनमा


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला-जुम्लामा ५६९ शैयाको क्वारेन्टाइन र दुई सय शय्याको आसोलेशन सञ्चालनमा आएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शङ्कास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टाइन र आसोलेशन सञ्चालनमा ल्याइएको हो । कर्णाली स्वास्थ्य विज्ञानमा प्रतिष्ठानमा २०० शय्याको आसोलेशन सञ्चालनमा आएको छ ।

एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा कनकासुन्दरी गाउँपालिकाले ६० शैया क्वारेन्टाइन, तातोपानी गाउँपालिकामा ९०, तिला गाउँपालिकामा ५४, हिमा गाउँपालिकामा ३०, सिंजा गाउँपालिका ४०, गुठीचौर गाउँपालिकामा २०, पातारासी गाउँपालिकामा ४५ र चन्दननाथ नगरपालिकामा ३० शैयाको गरी ५६९ शैय्याको क्वारेन्टाइन तयार गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

देश लकडाउन भएपछि देशका विभिन्न ठाँउमा अलपत्र परेका यहाँका नागरिक लाई प्रदेश सरकार, विभिन्न सामाजिक संघसस्था र सम्बन्धित स्थानीय तहले उद्धार गरेर जिल्ला भित्रिएपछि क्वारेन्टाइनको क्षमता जिल्लाका स्थानीय तहहरुले बढाएका हुन् । जिल्लाभर २६४ शैय्याको मात्र यो भन्दा पहिलो क्वारेन्टाइन रहेको थियो ।

एक सय ९५ जना क्वारेन्टाइनमा

स्थानीय प्रशासन र स्थानीय सरकारलाई औपचारिक रुपमा जानकारी नगराई काठमाडौँ, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगडीबाट जिल्लामा भित्रिएका १९५ जनालाई सात गाउँपालिकाले क्वारेन्टाइनमा राखेका छन् ।

तिला गाउँपालिकाले ५२, जनालाई क्वारेन्टानमा, हिमा गाउँपालिकाले २२, सिंजा गाउँपालिका ११, कनकासुन्दरी गाउँपालिका ४९, तातोपानी गाउँपालिका, ३७ पातारासी गाउँपालिका, २१ जना र गुठीचौर गाउँपालिकाकाले तीन जनालाई क्वारेन्टाइनमा राखेको स्वास्थ्य शाखाका प्रमुख बालराम नेपालीले बताए ।

देशका विभिन्न ठाउँबाट जिल्ला प्रवेश गरेका सबैको थर्मल गनको माध्यमबाट ज्वरो नापेर क्वारेन्टाइन राखेको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार बाहिराबाट आएको यकिन सङ्ख्या पत्ता लगाई क्वारेन्टाइनमा बसेका र होम क्वारेन्टाइनम बसेका व्यक्तिलाई १४ दिनको अवधि पूरा भएपछि रेपिड आरडिटी टेष्ट गरिनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : २७ बजे

मकवानपुरमा स्कार्पियो खोल्सामा खस्यो, उच्च अदालतका न्यायाधीश र रजिस्ट्रारसहित ६ जना घाइते

काठमाडौँ- काठमाडौँ – काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कार्पियो मकवानपुरको भीमफेदीमा

कृषिसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

सप्तरीमा मोटरसाइकल दुर्घटना: चालकको मृत्यु, एक घाइते

सप्तरी – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कोशी ब्यारेज नजिकै मोटरसाइकल अनियन्त्रित

दियालो बङ्गला अवलोकनबाट २४ लाख राजश्व सङ्कलन

चितवन– गत आर्थिक वर्षमा २५ हजार ४२५ जनाले चितवनस्थित दियालो

लोमान्थाङमा यार्तुङ पर्वको रौनक

मुस्ताङ– उपल्लो मुस्ताङको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक यार्तुङ पर्व लोमान्थाङमा