जुम्लामा ५ सय ६९ शय्याको क्वारेन्टाइन सञ्चालनमा « Khabarhub

जुम्लामा ५ सय ६९ शय्याको क्वारेन्टाइन सञ्चालनमा


१५ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला-जुम्लामा ५६९ शैयाको क्वारेन्टाइन र दुई सय शय्याको आसोलेशन सञ्चालनमा आएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को शङ्कास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि क्वारेन्टाइन र आसोलेशन सञ्चालनमा ल्याइएको हो । कर्णाली स्वास्थ्य विज्ञानमा प्रतिष्ठानमा २०० शय्याको आसोलेशन सञ्चालनमा आएको छ ।

एक नगरपालिकासहित सात गाउँपालिका रहेको जिल्लामा कनकासुन्दरी गाउँपालिकाले ६० शैया क्वारेन्टाइन, तातोपानी गाउँपालिकामा ९०, तिला गाउँपालिकामा ५४, हिमा गाउँपालिकामा ३०, सिंजा गाउँपालिका ४०, गुठीचौर गाउँपालिकामा २०, पातारासी गाउँपालिकामा ४५ र चन्दननाथ नगरपालिकामा ३० शैयाको गरी ५६९ शैय्याको क्वारेन्टाइन तयार गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सूचना अधिकारी ओमप्रकाश देवकोटाले बताए ।

देश लकडाउन भएपछि देशका विभिन्न ठाँउमा अलपत्र परेका यहाँका नागरिक लाई प्रदेश सरकार, विभिन्न सामाजिक संघसस्था र सम्बन्धित स्थानीय तहले उद्धार गरेर जिल्ला भित्रिएपछि क्वारेन्टाइनको क्षमता जिल्लाका स्थानीय तहहरुले बढाएका हुन् । जिल्लाभर २६४ शैय्याको मात्र यो भन्दा पहिलो क्वारेन्टाइन रहेको थियो ।

एक सय ९५ जना क्वारेन्टाइनमा

स्थानीय प्रशासन र स्थानीय सरकारलाई औपचारिक रुपमा जानकारी नगराई काठमाडौँ, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगडीबाट जिल्लामा भित्रिएका १९५ जनालाई सात गाउँपालिकाले क्वारेन्टाइनमा राखेका छन् ।

तिला गाउँपालिकाले ५२, जनालाई क्वारेन्टानमा, हिमा गाउँपालिकाले २२, सिंजा गाउँपालिका ११, कनकासुन्दरी गाउँपालिका ४९, तातोपानी गाउँपालिका, ३७ पातारासी गाउँपालिका, २१ जना र गुठीचौर गाउँपालिकाकाले तीन जनालाई क्वारेन्टाइनमा राखेको स्वास्थ्य शाखाका प्रमुख बालराम नेपालीले बताए ।

देशका विभिन्न ठाउँबाट जिल्ला प्रवेश गरेका सबैको थर्मल गनको माध्यमबाट ज्वरो नापेर क्वारेन्टाइन राखेको तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाका अनुसार बाहिराबाट आएको यकिन सङ्ख्या पत्ता लगाई क्वारेन्टाइनमा बसेका र होम क्वारेन्टाइनम बसेका व्यक्तिलाई १४ दिनको अवधि पूरा भएपछि रेपिड आरडिटी टेष्ट गरिनेछ ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  ७ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै