अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाखभन्दा बढीको मृत्यु, १७ लाख २४ हजार संक्रमित « Khabarhub

अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाखभन्दा बढीको मृत्यु, १७ लाख २४ हजार संक्रमित


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७३५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ५४० पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ९५२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख २५ हजार १७८ पुगेको छ ।

वुधबार विहान साढे ५ बजेको तथ्यांकका आधारमा अमेरिकामा मृत्यु हुनेको उक्त संख्या विश्वभर कोरोनाबाट मृत्यु हुनेको २८ प्रतिशतभन्दा बढी हो भने संक्रमितको संख्या विश्वभर संक्रमित हुनेको ३० प्रतिशतभन्दा बढी हो ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ७८ हजार २२५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४६ हजार ४१३ जनामध्ये १७ हजार १५२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ५ : ३५ बजे

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय

बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन समस्या

बाँके– बाँकेमा जङ्गली धानको मूल बीउ जोगाउन किसानलाई समस्या हुन थालेको