अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाखभन्दा बढीको मृत्यु, १७ लाख २४ हजार संक्रमित « Khabarhub

अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाखभन्दा बढीको मृत्यु, १७ लाख २४ हजार संक्रमित


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – करिव ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ७३५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ५४० पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ९५२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख २५ हजार १७८ पुगेको छ ।

वुधबार विहान साढे ५ बजेको तथ्यांकका आधारमा अमेरिकामा मृत्यु हुनेको उक्त संख्या विश्वभर कोरोनाबाट मृत्यु हुनेको २८ प्रतिशतभन्दा बढी हो भने संक्रमितको संख्या विश्वभर संक्रमित हुनेको ३० प्रतिशतभन्दा बढी हो ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ७८ हजार २२५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४६ हजार ४१३ जनामध्ये १७ हजार १५२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ५ : ३५ बजे

सीमावर्ती कचनकबलका मतदाता उम्मेदवारको पर्खाइमा

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा