सीमामा तनाव बढेपछि भारतीय प्रधानमन्त्री मोदीले गरे तीन वटै सेना प्रमुखसँग छलफल « Khabarhub

सीमामा तनाव बढेपछि भारतीय प्रधानमन्त्री मोदीले गरे तीन वटै सेना प्रमुखसँग छलफल


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सीमानामा तनाब बढेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वटै सेनाका प्रमुखसँग विशेष छलफल गरेका छन् ।

रक्षामन्त्री राजनाथ सिंहसमेत सह्रिक मंगलबारको विशेष छलफलमा  तीन वटै सेनाका प्रमुख, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत सहभागी भएका छन्। त्यसअघि मोदीले विदेश सचिवसँग पनि बैठक गरेका थिए ।

नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटर नक्सा सार्वजनिक गरेको तथा चीनले लद्दाखमा सेनाको तैनाथी बढाएपछि रक्षामन्त्री राजनाथ सिंहले पनि तीन वटै सेना प्रमुखसँग विशेष छलफल गरेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतसहित भारतका तीनवटै सेना प्रमुखसँग रक्षामन्त्री सिंहले गरेको विशेष छलफलमा अतिक्रमित क्षेत्रमा बनाइएको सडक निर्माण जारी राख्ने निर्णय गरेको आजतकले जनाएको छ ।

यस्तै लद्दाख क्षेत्रमा चीनले झण्डै ५ हजारको हाराहारीमा जनमुक्ति सेना खटाएपछि भारतले पनि सीमा रक्षाका लागि सैनिक संख्या बढाएको बताइएको छ ।

सिक्किमको सीमा क्षेत्र, लद्दाख र उत्तराखण्डमा भारत र चीनबीच टकरावको स्थिति बनेको छ । सोमबारमात्रै चिनियाँ सेनाले भारतीय सेनामाथि ढुंगामुढा गरेको भारतीय पक्षले आरोप लगाएको छ ।

त्यसअघि मे ५ र ६ मा गलवान क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच हात हालाहाल समेत भएको बताइएको छ । त्यसयता लद्दाखमा चिनियाँ जनमुक्ति सेनाले हवाई अड्डा विस्तार गरेको स्याटलाइट तस्वीरले देखाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ६ : ३८ बजे

हलमा लाग्ने फिल्मलाई काइदा : शुक्रबारदेखि बिदै बिदा

काठमाडौं – लामा सार्वजनिक बिदा हलमा रहेको फिल्मका लागि सुखद

भदौ २३ गते जेन-जी सहिद दिवस मनाउने सरकारको निर्णय*

काठमाडौं- सरकारले भदौ २३ गते जेन-जी सहिद दिवसका अवसरमा बिदा

सरकारका ७ निर्णय : भोटेकोशी बाढीपीडितलाई राहतदेखि जेन-जी सहिद दिवसमा सार्वजनिक बिदासम्म

काठमाडौं- सरकारले भदौ १० गतेको भोटेकोशी बाढी प्रभावितलाई राहत तथा

नीता ‘एक्लो छु’ भन्ने, दीपकसँग भिड्न सन्तोष सेन आइपुग्ने !

काठमाडौं – फिल्मले सन्तोषजनक व्यापार नगरेपछि नायक-नायिका र निर्माताले ‘म

ज्ञानेन्द्र शाहीको प्रश्न, ‘सुरुङभित्र फसेका नागरिक जिउँदै छन्, सरकार उद्धार गर्न किन जाँदैन ?’

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले रसुवाको भोटेकोशी