कोरियामा मास्क नलगाई यात्रा गर्न नपाइने « Khabarhub

कोरियामा मास्क नलगाई यात्रा गर्न नपाइने


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल- कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ ।

‘नो मास्क, नो राइड’ भन्ने नयाँ नियमानुसार ट्रेन, बस र ट्याक्सीमामा यात्रा गर्ने यात्रु तथा चालकले समेत अनिवार्यरूपमा मास्कको प्रयोग गर्नुपर्ने छ । मास्क प्रयोग नगरी यात्रा गरे/गराएमा कारवाही हुने रोग नियन्त्रण महाशाखा केसिडीसीले बताएको छ ।

नियम उल्लङ्घन गर्ने यात्रुलाई यात्रामा प्रतिबन्ध लगाइ कानूनअनुसार कारवाहीसमेत गरिने नियममा उल्लेख छ ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानमा यात्रा गर्ने यात्रुलाई भने आजदेखि यो नियम लागू हुने जनाइएको छ । सार्वजनिक यातायातबाट कोरोना सङ्क्रमण फैलिने जोखिमदर उच्च हुने भएकाले सङ्क्रमण नफैलियोस् भनेर यो नियम जारी गरिएको जनाइएको छ ।

नियमानुसार मास्क नलगाइ यात्रा गर्न चाहने यात्रुलाई बस वा ट्याक्सी चालकले यात्रामा रोक लगाउनसमेत सक्नेछन् ।

यससँगै केही अघि मात्र इथेवन शहरको एक रात्रि क्लबबाट सङ्क्रमण फैलिएपछि यहाँका क्लब तथा बारहरु पनि बन्द गरिएका छन् । कोरियामा ११ हजार २२५ कोरोना सङ्क्रमित छन् भने १० हजार २७५ बढी निको भएर घर फर्किसकेका छन् । हालसम्म कोरियामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६९ रहेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ११ : १० बजे

रविसहित रास्वपाको केन्द्रीय समितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको

गैर–मुस्लिम विदेशीलाई मदिराको पहुँच खुकुलो बनाउँदै साउदी अरब

रियाद- साउदी अरेबियाले चुपचाप आफ्नो एक मात्र मदिरा बिक्री केन्द्रमा

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक’ द्वारा सम्मानित

काठमाडौं– नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको

मधेशको सभामुखमा जसपा नेपालका रामअशिष यादव निर्वाचित

काठमाडौं– मधेश प्रदेशको सभाभुख पदमा रामअशिष यादव निर्वाचित भएका छन्

माइडियाले सुरु गर्‍यो टी-२० विश्वकप हेर्न मुम्बई यात्रा जित्ने महाअभियान

काठमाडौं– घरेलु उपकरण ब्रान्ड माइडियाले नेपाली उपभोक्ताका लागि एक रोमाञ्चक ग्राहक