स्वदेश फर्कनुपर्ने श्रमिकलाई सम्पर्कमा आउन दूतावासको आग्रह « Khabarhub

स्वदेश फर्कनुपर्ने श्रमिकलाई सम्पर्कमा आउन दूतावासको आग्रह


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहराइनमा रहेको नेपाली दूतावासले त्यहाँ समस्यामा परेका र तत्कालै स्वदेश फर्किनुपर्ने अवस्था भएका नेपालीलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

केही समय पहिले दूतावासले त्यहाँ रहेका नेपालीहरुको समस्या सम्बोधन गर्न र सहजिकरण गर्नको लागि अनलाइन फारम भर्न लगाएको थियो ।

दूतावासले जारी गरेको अनलाइन फारममार्फत प्राप्त भएका विवरणको आधारमा तत्काल नेपाल फर्कनुपर्ने बताएका तर त्यहाँ उल्लेख भएको मोबाइल नम्बरमा सम्पर्क गर्दा उपलब्ध हुन नसकेको भन्दै परेकाहरुलाई तुरुन्तै सम्पर्क गर्न दूतावासले आग्रह गरेको हो ।

यस्तो समस्या भएकालाई दूतावासको टेलिफोन नम्बर १७७२५५८३ र फ्याक्स नम्बर १७७२०७८७ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यस्तै श्रम सहचारी दामोदर दाहल, शकिल अहमद शेख र गोपी बिक्रम भट्टराईलाई मोबाइल नम्बर ३२०९५०४१, ३५४२७७१७, ३५५४७९५१ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ३ : ५९ बजे

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज ५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ५ गते सोमबार सन् २०२६

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई