स्वदेश फर्कनुपर्ने श्रमिकलाई सम्पर्कमा आउन दूतावासको आग्रह « Khabarhub

स्वदेश फर्कनुपर्ने श्रमिकलाई सम्पर्कमा आउन दूतावासको आग्रह


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बहराइनमा रहेको नेपाली दूतावासले त्यहाँ समस्यामा परेका र तत्कालै स्वदेश फर्किनुपर्ने अवस्था भएका नेपालीलाई दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ ।

केही समय पहिले दूतावासले त्यहाँ रहेका नेपालीहरुको समस्या सम्बोधन गर्न र सहजिकरण गर्नको लागि अनलाइन फारम भर्न लगाएको थियो ।

दूतावासले जारी गरेको अनलाइन फारममार्फत प्राप्त भएका विवरणको आधारमा तत्काल नेपाल फर्कनुपर्ने बताएका तर त्यहाँ उल्लेख भएको मोबाइल नम्बरमा सम्पर्क गर्दा उपलब्ध हुन नसकेको भन्दै परेकाहरुलाई तुरुन्तै सम्पर्क गर्न दूतावासले आग्रह गरेको हो ।

यस्तो समस्या भएकालाई दूतावासको टेलिफोन नम्बर १७७२५५८३ र फ्याक्स नम्बर १७७२०७८७ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

यस्तै श्रम सहचारी दामोदर दाहल, शकिल अहमद शेख र गोपी बिक्रम भट्टराईलाई मोबाइल नम्बर ३२०९५०४१, ३५४२७७१७, ३५५४७९५१ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ३ : ५९ बजे

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं– हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल

भूजीखोलाका बाढीपीडित अझै राहतकै पर्खाइमा

ढोरपाटन– भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खरभर्खर सडकले जोडिएको

सौर्य ऊर्जाका परियोजनामा आकर्षण बढ्यो

काठमाडौं– पछिल्ला दिनमा ऊर्जा मिश्रणको अवधारणाअन्तर्गत सौर्य ऊर्जामा लगानी गर्न

बेनीको तोरीपानीमा सयपत्री ‘होमस्टे’ सञ्चालन

म्याग्दी– यहाँको बेनी नगरपालिका–९ तोरीपानीमा सयपत्री सामुदायिक घरबास(होमस्टे) सञ्चालन भएको

कामपाले थाल्यो जीवनशैलीसम्बन्धी सर्वेक्षण

काठमाडौं– काठमाडौँ महानगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरूको पोषण अवस्था, आहारव्यवहार र