अमेरिकी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण | Khabarhub Khabarhub

अमेरिकी कम्पनीद्वारा अष्ट्रेलियामा कोरोनाभाइरसको खोप परीक्षण


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानबेरा- संयुक्तराज्य अमेरिकाको एक बायोटेक्नोलोजी कम्पनीले यसै वर्षको अन्त्यसम्ममा कोरोनाभाइरसको प्रामाणिक खोप तयार गर्ने आशाका साथ अष्ट्रेलियामा एक व्यक्तिलाई सुई लगाएर खोप कार्यक्रमको शुभारम्भ गरेको छ ।

अमेरिकी कम्पनी नोभाभाक्सले परीक्षणको पहिलो चरणमा अस्ट्रेलियामा १३१ जना स्वयंसेवीलाई खोप दिनेछ र यसको प्रभावकारिताका संकेतहरूको जाँच गर्नेछ, कम्पनीका अनुसन्धान प्रमुख डा ग्रेगरी ग्लेनले बताए ।

कोरोनाभाइरस विरुद्ध विश्वभर एक दर्जन प्रयोगात्मक खोपहरू परीक्षणका क्रममा रहेका छन् । प्रायः यी खोपहरु चीन, अमेरिका र युरोपमा परीक्षण भइरहेका छन् । तर अहिलेसम्म कुनै पनि खोप सुरक्षित र प्रभावी साबित भइसकेका छैनन् । यी खोप निर्माणमा भिन्न तरिका र उच्च प्रविधि अपनाइएका छन् ।

ग्लेनले नोभाभाक्सको मुख्यालय मेरिल्यान्डबाट भर्चुअल पत्रकार सम्मेलन गर्दै भने, “हामी समानान्तर डोज बनाउँदैछौं र हामीले यस वर्षको अन्तमा खोप सार्वजनिक प्रयोगमा ल्याउन सक्षम हुनेछौं ।”

पशुहरुमा गरिएको परीक्षणमा खोपको न्यून डोज प्रभावकारी देखिएको छ । उहाँले नोभाभाक्सले यस वर्ष कम्तिमा १० करोड डोज र अर्को वर्ष सन् २०२१ भित्रमा १.५ अर्ब डोज उत्पादन गर्न सकिने बताए ।

ग्लेनले भने, “एनभिएक्स–कोभ२३७३ नाम दिइएको यस खोपको उत्पादन गर्न गत मार्चयता नर्वेस्थित एक संस्थाले मार्च महिनायता ३८ करोड ८० लाख डलर लगानी गरेको छ ।”

मेलबोर्न र ब्रिस्बेनमा क्लिनिकल परीक्षणको पहिलो चरणको नतिजा जुलाईमा प्राप्त हुने अपेक्षा गरिएको नोभाभाक्सले जनाएको छ । धेरैवटा मुलुकका अरु हजारौं व्यक्तिलाई दोस्रो चरणमा समावेश गरिनेछ ।

अस्ट्रेलियाको सहयोगी संस्था न्यूक्लियस नेटवर्कका संक्रामक रोग विशेषज्ञ पल ग्रिफिनले मेलबोर्नमा छ जना स्वयंसेवीलाई खोप दिएर कार्यक्रम शुभारम्भ गरिएको जानकारी दिए ।

नोभाभाक्सका पदाधिकारीले गत महिना एसोसिएटेड प्रेससँगको भेटमा “हाम्रो खोप बनाउने तरिका भिन्न छ, हामी भाइरसलाई कहिल्यै छुँदैनौं” भनेका थिए ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ४ : ०७ बजे

टर्कीले बनायो विश्वको पहिलो बहुउद्देश्यीय समुद्री स्किमिङ युएभी ड्रोन

इस्तानबुल– पछिल्ला दुई दशकमा धेरै नयाँ देशहरू देखा परेका छन्,

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल

विद्युत उत्पादनको क्षमता हेरेर प्रसारण लाइन निर्माण : ऊर्जामन्त्री खड्का 

काठमाडौं– उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत उत्पादनको क्षमता

ग्लोबल आईएमई बैंकको नाफा ६ अर्ब २० करोड

काठमाडौं– ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को