संविधान संशोधन विधेयक कार्यसूचीबाट हटाइएकोमा कांग्रेसको आपत्ति | Khabarhub Khabarhub

संविधान संशोधन विधेयक कार्यसूचीबाट हटाइएकोमा कांग्रेसको आपत्ति


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज पेस हुने सूची तय भएको संविधान संशोधनको कार्यतालिका हटाइएको प्रति आपत्ति जनाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले सो प्रस्तावको प्रक्रिया सुचारु गर्न आग्रह गरेका छन् ।

‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने, फिर्ता गर्दा दोष लगाउने ?’ ‘को गर्दैछ यो षड्यन्त्र ?’ उनले भनेका छन् , प्रधानमन्त्रीज्यु प्रक्रिया सुचारु गर्नोस् । के.स.को बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिइसकेका छौं । यसमा हामी चट्टानी रुपले दृढ छौं, रहन्छौं ।

प्रवक्ता शर्माले नेपालको नयाँ नक्सा अनुसार निसान छाप अद्यावधिक गर्न ल्याइने संविधान संशोधनको प्रस्तावमा कांग्रेसको पूरा सर्मथन रहने बताउँदै यसलाई कसैले भाँड्न खोजेको त होइन भन्ने आशंका व्यक्त गरेका छन् ।

बुधवारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक अन्तिम समयमा हटाएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ७ : ३९ बजे

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय