संविधान संशोधन विधेयक कार्यसूचीबाट हटाइएकोमा कांग्रेसको आपत्ति « Khabarhub

संविधान संशोधन विधेयक कार्यसूचीबाट हटाइएकोमा कांग्रेसको आपत्ति


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज पेस हुने सूची तय भएको संविधान संशोधनको कार्यतालिका हटाइएको प्रति आपत्ति जनाएका छन् ।

सामाजिक संजाल ट्वीटरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै उनले सो प्रस्तावको प्रक्रिया सुचारु गर्न आग्रह गरेका छन् ।

‘प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने, फिर्ता गर्दा दोष लगाउने ?’ ‘को गर्दैछ यो षड्यन्त्र ?’ उनले भनेका छन् , प्रधानमन्त्रीज्यु प्रक्रिया सुचारु गर्नोस् । के.स.को बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र शंसोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिइसकेका छौं । यसमा हामी चट्टानी रुपले दृढ छौं, रहन्छौं ।

प्रवक्ता शर्माले नेपालको नयाँ नक्सा अनुसार निसान छाप अद्यावधिक गर्न ल्याइने संविधान संशोधनको प्रस्तावमा कांग्रेसको पूरा सर्मथन रहने बताउँदै यसलाई कसैले भाँड्न खोजेको त होइन भन्ने आशंका व्यक्त गरेका छन् ।

बुधवारको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीमा राखिएको नेपालको नयाँ नक्सा अनुसार निशान छाप परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक अन्तिम समयमा हटाएको थियो ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ७ : ३९ बजे

बजार नपाउँदा मुस्ताङका स्याउ किसान मर्कामा

मुस्ताङ – बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङका स्याउ किसान मर्कामा

डा. डीआर उपाध्यायलाई दशौँ मानार्थ विद्यावारिधि

काठमाडाैं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

कांग्रेस केन्द्रीय सदस्यमा राजीव चौधरीको उम्मेदवारी घोषणा

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने देवराज चालिसेको घोषणा

काठमाडाैं – नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले