पनौती र बनेपामा भीषण वर्षा « Khabarhub

पनौती र बनेपामा भीषण वर्षा


१४ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काभ्रे- काभ्रेको बनेपा र पनौतीमा भीषण वर्षासँगै बाढी आएको छ । यो ८० वर्ष यताकै सबैभन्दा ठूलो रहेको पूर्व सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भीषण वर्षा र बाढी आएको उल्लेख गरेका छन् ।

बाँस्कोटाले लेखेका छन्, ‘पनौती र बनेपामा ८० वर्ष यताकै भीषण वर्षा र बाढी । सयौ रोपनीमा लगाईएको खेती र जमीन ध्वस्त । तीनपुल बगायो । करोडौंको भौतिक क्षति । तीनजना नागरिक रोशीको बाढीमा फसेका छन । उद्दार कार्य जारी । राति भएकाले हेलिकोप्टर जान सकेन । बाढीमा फसेकाको जीवन रक्षामा स्थानीय प्रशासनसँगै काम गरौं।’

बाँस्कोटाले रोशी खोलामा आएको बाढीमा परी ३ जना फसेको उनले बताएका छन् । उनले बाढीमा फसेकाको जीवन रक्षा गर्न प्रशासनलाई आग्रह पनि गरेका छन् ।

प्रकाशित मिति : १४ जेठ २०७७, बुधबार  ९ : १२ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना