पाल्पा अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालन हुने | Khabarhub Khabarhub

पाल्पा अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालन हुने


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- कोभिड –१९ को जाँच आरटी– पीसीआर विधिबाट गर्न पाल्पा अस्पतालमा प्रयोगशाला सञ्चालन हुने भएको छ ।

पाल्पा जिल्ला अस्पतालमा प्रयोगशाला सञ्चालनपछि बाहिरी जिल्लामा कोरोना परीक्षणका लागि धाउनुपर्ने अवस्था हट्ने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए ।

पाल्पा अस्पतालले सङ्घीय सरकारको निर्णयलाई स्वागत गरी असार महिनाको अन्तिम सातादेखि प्रयोगशालाबाट कोरोना परीक्षण गर्ने जनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले स्वाब संकलन गरी परीक्षण गर्न पाल्पाबाट प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, हेटौँडाको जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको सरुवा रोग अस्पताल र भरतपुर अस्पतालमा पठाउनुपर्ने बाध्यता अन्त्य हुने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाल्पा अस्पताललगायत मेची अस्पताल, डडेलधुरा अस्पताल, धौलागिरि अस्पताल, दैलेख अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, सैनिक अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, सशस्त्र प्रहरी अस्पतालमा आरटी–पिसिआर विधिबाट स्वाब परीक्षण हुने सूचना शुक्रबार जारी गरेको थियो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार बसेको बैठकले सरकारी तवरमा थप १० अस्पताललाई कोरोना परीक्षण गर्न प्रयोगशाला सञ्चालन गर्ने अनुमति प्रदान गरेको हो । सरकारले यसअघि सरकारी तवरबाट २३ प्रयोगशाला सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १० : ५८ बजे

११ बुँदे निष्कर्षसहित सकियो रास्वपाको विस्तारित बैठक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने विस्तारित बैठक चितवनमा

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने बालिकाको मृत्यु

दाङ – दाङको गढवा गाउँपालिका–४ अजगढवामा जुकाको औषधि घाँटीमा अड्किएर

काठमाडौंमा अन्तर वडास्तरीय फुटसल सुरु

काठमाडौं – आजदेखि तेस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तर वडा फुटसल

चार घण्टापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टापछि खुलेको छ। शनिबार

एयर फिल्ड लाइटिङमा समस्या आएपछि त्रिभुवन विमानस्थलमा जे देखियो (तस्बिरहरू)

काठमाडाैं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’