पाल्पा अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालन हुने « Khabarhub

पाल्पा अस्पतालमा पीसीआर प्रयोगशाला सञ्चालन हुने


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- कोभिड –१९ को जाँच आरटी– पीसीआर विधिबाट गर्न पाल्पा अस्पतालमा प्रयोगशाला सञ्चालन हुने भएको छ ।

पाल्पा जिल्ला अस्पतालमा प्रयोगशाला सञ्चालनपछि बाहिरी जिल्लामा कोरोना परीक्षणका लागि धाउनुपर्ने अवस्था हट्ने अस्पतालका अध्यक्ष नेत्रप्रसाद पाण्डेयले बताए ।

पाल्पा अस्पतालले सङ्घीय सरकारको निर्णयलाई स्वागत गरी असार महिनाको अन्तिम सातादेखि प्रयोगशालाबाट कोरोना परीक्षण गर्ने जनाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्वनाथ न्यौपानेले स्वाब संकलन गरी परीक्षण गर्न पाल्पाबाट प्रदेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा, हेटौँडाको जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको सरुवा रोग अस्पताल र भरतपुर अस्पतालमा पठाउनुपर्ने बाध्यता अन्त्य हुने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाल्पा अस्पताललगायत मेची अस्पताल, डडेलधुरा अस्पताल, धौलागिरि अस्पताल, दैलेख अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल, सैनिक अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, सशस्त्र प्रहरी अस्पतालमा आरटी–पिसिआर विधिबाट स्वाब परीक्षण हुने सूचना शुक्रबार जारी गरेको थियो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको उपस्थितिमा बुधबार बसेको बैठकले सरकारी तवरमा थप १० अस्पताललाई कोरोना परीक्षण गर्न प्रयोगशाला सञ्चालन गर्ने अनुमति प्रदान गरेको हो । सरकारले यसअघि सरकारी तवरबाट २३ प्रयोगशाला सञ्चालनमा ल्याएको थियो ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १० : ५८ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि