अमेरिकाले लगायो चिनियाँ अधिकारीहरुलाई अमेरिका प्रवेशमा रोक « Khabarhub

अमेरिकाले लगायो चिनियाँ अधिकारीहरुलाई अमेरिका प्रवेशमा रोक


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – अमेरिकाले चिनियाँ अधिकारीहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले चिनियाँ कम्युनिस्ट पार्टीका केही पदाधिकारीहरुलाई अमेरिका प्रवेश गर्न रोक लगाएको बीबीसीले जनाएको छ ।

हङकङको स्वतन्त्रतालाई संकुचित पार्ने योजनामा ती अधिकारीहरु संलग्न भएको भन्दै उनीहरुलाई अमेरिका प्रवेशमा रोक लगाइएको जनाइएको छ ।

चीनले भने अमेरिकाको यो निर्णयलाई ‘त्रूटिपूर्ण’ भएको भन्दै फिर्ता लिनुपर्ने प्रतिक्रिया दिएको छ । हङकङको स्वायत्तताविरुद्ध ल्याउन लागिएको सुरक्षा कानूनलाई दण्डित गर्ने अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रण गरेका थिए । यसैअनुरुप यस्तो प्रतिबन्ध लगाइएको जनाइएको छ ।

हालै चीनले हङकङमा चीनको अधिकारविरुद्ध हुने गतिविधिहरु अपराध ठहरिने साथै बेइजिङले आफ्ना सुरक्षा निकायहरु स्थापना गर्न सक्ने कानूनको प्रस्ताव गरेको थियो ।

यो प्रस्तावित कानूनसँगै हङकङमा लामो समयदेखि चीनविरोधी प्रदर्शन भइरहेको छ ।

अमेरिकाले चिनियाँ अधिकारीहरुलाई प्रवेश नदिने घोषणा गरे पनि क–कसलाई प्रतिबन्ध लगाइएको हो भन्ने खुलाइएको छैन ।

वाशिङटनस्थित चिनियाँ दूतावासले अमेरिकाको यो अन्यायपूर्ण निर्णयको विरोध गर्ने जनाएको छ । दूतावासले अमेरिकालाई तत्काल आफ्ना गल्तीहरु सच्याउन र चीनको आन्तरिक विषयमा हस्तक्षेप नगर्न आग्रह गरेको छ ।

केही समयअघि अमेरिकी सिनेटमा हङकङको स्वायत्ततालाई अनादर गर्ने व्यक्ति र उनीहरुसँग कारोवार गर्ने व्यापारी तथा व्यवसायलाई अमेरिकामा प्रतिबन्ध लगाउन प्रस्तावमा मतदान भएको थियो ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ११ : ४६ बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र