सलह नेपाल प्रवेश गरेपछि कृषि मन्त्रालयले बोलायो बैठक « Khabarhub

सलह नेपाल प्रवेश गरेपछि कृषि मन्त्रालयले बोलायो बैठक


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका तीन जिल्लामा सलह छिरेपछि क्षति न्यूनिकरणका विषयमा छलफल गर्न कृषि मन्त्रालयले आकस्मिक बैठक बोलाएको छ ।

बारा, पर्सा र सर्लाहीमा सलह छिरेपछि सलहले पुर्‍याउने क्षति न्यूनीकरण गर्ने विषयमा आकस्मिक बैठक एजेन्डा तय गर्नेछ ।

पूर्व अफ्रिकाबाट शुरु भएको सलहको प्रकोप मध्यपूर्व हुँदै केही साताअघि पाकिस्तान र भारत आइपुगेको थियो, जसले अन्नबालीमा ठूलो क्षति पुर्याएको छ।

सलह भारतको उत्तर प्रदेशमा आइपुगेपछि नै नेपालको कृषि मन्त्रालयले क्षति न्युनिकरण गर्न समिति गठन गरेको थियो।

सलह फट्याङग्राहरूको ठूलो बथान हो, जसको प्रकोपले गहुँ, तोरी, कपास, मकै लगायत खाधान्न बालीमा क्षति पुर्‍याउँछ। नेपालमा यसले पुर्याउन सक्ने क्षतिबारे कृषि मन्त्रालयले थप अध्ययन गरिरहेको छ।

हावाको दिशा पछ्याएर १ सय ३० किमिसम्म समूह बनाएर उड्ने यी किराको एक वर्गकिमीको समूहले ४ देखि ८ करोडसम्मको संख्या हुने कृषि वैज्ञानिकहरू बताउँछन्।

यो समूहले एकै दिन ३५ हजार मानिसले खाने बराबरको नष्ट गर्ने वैज्ञानिकहरू बताउँछन्।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  १२ : ४५ बजे

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक