सिन्धुलीमा पनि आइपुग्यो सलह किरा « Khabarhub

सिन्धुलीमा पनि आइपुग्यो सलह किरा


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- भारतको विहार हुँदै नेपाल प्रवेश गरेको सलह किरा सिन्धुलीमा पनि देखिएको छ ।

सिन्धुलीका विभिन्न स्थानमा सलह किरा देखिएको कृषि विकास कार्यालय सिन्धुलीले जनाएको छ । सिन्धुलीको कमलामाई नगरपालिका सलह किरा देखिएको कार्यालयले जनाएको हो ।

कमलामाई नगरपालिकाका कृषि शाखाका प्राविधिक सरोज फुयाँलका अनुसार किसानबाट फट्याङ्ग्राजस्तो किराले बालीनालीमा नोक्सान पुर्‍याएको जानकारी दिए ।

शनिबार तराईका विभिन्न सीमानाका हुँदै नेपाल प्रवेश गरेको सलहको एउटा सानो झुण्ड सिन्धुली आइपुगेको उनले बताए ।

जिल्लाको कमलामाई नगरपालिका २ को चियाबारी, सिमबारी, लामिस्वारा, मुडेखर्क, खुर्सानी डाँडा, खोपीखर्क, कनपा ८ को माइस्थान, करकरे र कमलामाई नगरपालिका १० को भिमान तथा भडार क्षेत्रमा सलह समुह-समुहमा देखिएको स्थानीयले बताएका छन्।

चियाबारी क्षेत्रमा किसानले लगाएका मकै तथा धानको ब्याड र जंगलको रुख विरुवामासमेत छपक्कै सलह भेटिएको बताइएको छ ।

जिल्लामा सलह देखिएसँगै किसान चिन्तित बनेका छन् ।

 

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ७ : २२ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको