प्रदेश सरकारले सलह प्रतिकिलो २० रुपैयाँमा किन्ने | Khabarhub Khabarhub

प्रदेश सरकारले सलह प्रतिकिलो २० रुपैयाँमा किन्ने


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सलह किरा नेपालमा प्रवेश गरेपछि नियन्त्रण गर्न प्रदेश सरकारले नयाँ अभ्यास थालेको छ । प्रदेश ५ सरकारले सलह किरा समातेर ल्याउनेलाई नगद दिने निर्णय गरेको छ ।

शनिबार प्रदेश ५ मा सलह किरा देखिएपछि प्रदेश सरकारले एक किलो सलह किरा ल्याएबापत २० रुपैयाँ दिने निर्णय गरेको हो ।

अब प्रदेश सरकारले सलह किरा लिएर आउनेलाई तत्काल नगद दिने छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव तेजबहादुर वलीका अनुसार सलह किराले पुर्‍याउन सक्ने क्षति कम गर्न विभिन्न उपायमध्ये किरा संकलन गरेर स्थानीय तहका वडा कार्यालयमा बुझाउनेलाई एक किलोग्रामको २० रुपैयाँका दरले नगद प्रोत्साहन दिने व्यवस्था गरिएको हो ।

सलह किरा दिउँसो उड्ने र साँझमा बास बस्ने भएकाले बास बसेकै ठाउँबाट संकलन गर्न सकिने भएकाले सलह संकलन गर्न र सरकारले दिने प्रोत्साहन बापतको रकम लिन अपिल गरेको छ ।

यसले सलह नियन्त्रण हुने र खेती जागिने महत्वपूर्ण उपाय भएको प्रदेश सरकारको ठहर छ । मालाथिन र क्लोरपाइरिफोस विषादी पानीमा मिसाएर छर्केर पनि सलह नष्ट गर्न सकिने मन्त्रालयले जनाएको छ ।

यसरी विषादी बनाउँदा ३ मिलिलिटर मालाथिनमा एक लिटर पानी र २ मिलिलिटर क्लोरपाइरिफोसमा एक लिटर पानी मिसाउन सकिने मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले खेती जोगाउन पनि अपील गरेको छ । मन्त्रालयले धानको बीउलाई सुरक्षित गर्न त्रिपाल वा प्लास्टिकले ढाकेर राख्न अनुरोध गरेको छ ।

सलह किरा हावाको वहाव जता हुन्छ, त्यतै जान्छ । शनिबार रुपन्देहीमा देखिएका सलह पाल्पा र गुल्मीतर्फ लागेका मन्त्रालयले जनाएको छ । सलह किराको ठूलो झुण्डले बास बसेको ठाउँमा एक रातमा ३५ हजार मानिसको खाना बराबर बालीनाली नोक्सान गर्छ ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : ०० बजे

सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले गत जेठमा काठमाडौँमा

दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ

धरान– यहाँको इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित धरान–तरहरा सडकबाट प्रहरीले दुई

खोलामा डुबेर ७० वर्षीय वृद्धको मृत्यु

सिराहा– मिर्चैया नगरपालिका-९ घुर्मी टोल बस्ने ७० वर्षीय राम बहादुर पुलामीको

गृहमन्त्रीको राजीनामा माग्दै ‘निलो रिबन’ लगाएर रास्वपाका सांसद संसदमा (तस्बिरहरू)

काठमाडौं– भिजिट भिसा प्रकरणको छानबिन र गृहमन्त्री रमेश लेखकको राजीनामा

दुई बुँदे सहमति भएको एक साता नबित्दै प्रचण्डविरुद्ध खनिँदै एमाले

काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका युवा नेताहरू भिजिट भिसा