झिलिमिली बत्तीले मनमोहक बनेको माइतीघर मण्डला (फोटो फिचर) « Khabarhub

झिलिमिली बत्तीले मनमोहक बनेको माइतीघर मण्डला (फोटो फिचर)


१३ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माइतीघर मण्डलामा अब तपाइँ साँझको सयममा पुग्नुभयो भने मनमोहक दृष्य देख्न सक्नुहुनेछ । अनि त्यहाँका झिलिमिली प्रकाशले तपाइँलाई आनन्दित बनाउनेछ ।

काठमाडौं महानगरपालिकाले ‘रात्रिकालीन सहरी सौदर्य कार्यक्रम’ को नमूना परीक्षणका लागि त्यस क्षेत्रमा ‘एलइडी कलर पाइप लाइट’ जडान गरेसँगै त्यहाँको सध्याकालीन दृष्य अहिले मनोमोहक देखिएको हो ।

काठमाडौँ महानगरपालिकाका सह–सचिव राजेश्वर ज्ञवाली सहरको सौदर्य बढाउन काठमाडौँ महानगरपालिकाले रातमा झिलिमिली देखिने ‘एलइडी कलर पाइप लाइट’ जडानको कार्यक्रम अघि बढाएको बताए ।

‘सबै भन्दा बढी चहल–पहल हुने र आवत–जावत पनि बढी हुने माइतीघर मण्डलामा हामीले नमूना परिक्षणका रुपमा यो कार्यक्रम अघि बढाएका हौँ,’ ज्ञवालीले भने,’ ‘विश्वका विभिन्न सहरमा सहरको रात्रिकालिन जिवनलाई जिवन्तता दिन यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेको पाइन्छ । काठमाडौँ महानगरपालिकाले पनि रात्रिकालिन सहरको सौदर्य बढाउन र साँझका बेला झिलिमिली हेरेर मनलाई आनन्दित बनाउने उदेश्यले यो कार्यक्रम अघि बढाएको हो ।’

उनले माइतीघर मण्डलालाई नमूना परिक्षणको रुपमा अघि बढाएको भन्दै काठमाडौंलाई बिश्वस्तरीय ठूला सहरजस्तै आकर्षक देखाउनका लागि आगामी दिनमा बढी चहलपहल हुने, धार्मिक तथा पर्यटकीय स्थल र सम्पदासूचिमा सूचिकृत स्थानहरुमा क्रमश यस्ता बत्ती जडान गर्दै जाने बताए ।

‘महानगरका केही ठाउँमा महानगर आफैंले र केही ठाउँमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वका रुपमा बत्ती जडान गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ,’ उनले भने , ‘यो कार्यक्रमले एकातिर रात्रिकालिन सहरको जिवन्ततालाई सहयोग पुग्छ भने अर्कोतिर रात्रिकालिन व्यवसायबाट अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाउन टेवा पुग्नेछ ।’

उनले यस्तो कार्यक्रमबाट कम खर्चमै रात्रिकालिन चहलपहल बढ्ने र फुटपाथ पसललाई न्युनिकरण केही हदसम्म सहयोग पुग्ने बताए । माइतीघर मण्डलाको झिलीमिलीबाट राम्रो प्रतिक्रिया प्राप्त भएको जानकारी दिए ।

उनले विस्तारै नयाँ सडक, दरबारमार्ग, ठमेललगायत क्षेत्रमा पनि यस्ता बत्ती जडान गर्ने जानकारी दिए । आगामी आर्थिक वर्षका लागि रंगिचङ्गी बत्ती जडानका लागि करीब ७५ लाख बजेट विनियोजन गरेको जानकारी दिए ।

‘हामी विभिन्न संघ–संस्थासँग सहकार्य गरेर पनि अघि बढ्ने सोँच बनाएका छौँ,’ उनले भने, ‘सहरमा रात्रीकालीन सुरक्षाका लागि पनि यो जरुरी छ । सडकमा प्रशस्त प्रकाश भएपछि सिसिटिभि क्यामराको प्रभावकारिता समेत बढ्छ ।’

उनले असोज–कात्तिकसम्ममा सहरका पाँच–सात स्थानमा यस्तो बत्ती जडान गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १३ असार २०७७, शनिबार  ८ : १६ बजे

जब हर्क र रवि एकसाथ देखिए (तस्बिरहरू)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र श्रम संस्कृति पार्टीका अध्यक्ष

सरकारले युवा स्वदेश राख्ने वातावरण बनाउनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट

नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले

सङ्घीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपतिको सम्बोधन (पूर्णपाठ)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

राष्ट्रपतिले भने : सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र आर्थिक समृद्धि हाम्रा प्राथमिकता हुन्

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैकठलाई