निकै बर्षको मेहनत र परीश्रमबाट कमाएको पुजीँबाट मानिसले आफ्नो घर बनाउने गर्दछन् ।
त्यसैले घर सबैका लागी महत्वपुर्ण हुन्छ । तसर्थ शास्त्रमा घर बनाउने विभिन्न विधि वा नियमहरु तोकिएका छन् । घरको सजावट, बनावट, घर बनाउनु पूर्वको काम र बनाइसके पछिको कामलाई वास्तुशास्त्रमा सुझाइएको हु्न्छ ।
सेतो, रातो, पहोलोसहित ६ प्रकारको रसले सम्पन्न, एकै वर्णले युक्त, गाई, गोरुको लागि प्रिय एवं कमलको सुगन्धले भरिएको, दक्षिण र पश्चिम दिशामा अलिकति माथि उठेको जग्गा घर बनाउनको लागि उपयुक्त हुने शास्त्रीय मान्यता छ ।
वास्तु अनुसार कस्तो ठाउँमा घर बनाउने ? घर बनाउँदा यसको मुख्य ढोका कतापट्टी राख्ने लगायतका विषय हुन्छन् । वास्तु शास्त्रहरुमा भूमिलाई विभिन्न कर्म वा वर्ण अनुसार विभाजन गरीएको छ ।
ब्राम्हण भूमि
सेतो रंगको माटो भएको मधुर रसयुक्त, सुगन्ध भएको र कुश घाँसबाट युक्त भएको भूमि ब्राह्मण वर्णको कर्मका लागी उपयुक्त मानिन्छ । यस प्रकारको भूमिमा ब्राम्हणले घर बनाएर बस्नु उपयुक्त हुने मान्यता छ ।
२. क्षत्रीय भूमि
रातो रंगको माटो भएको कषाय रसयुक्त रक्तगन्धा र मुंज घास भएको भूमि क्षेत्रीय कर्मको लागि वा शान्ति सुरक्षा सम्बन्धी कामको लागि उपयुक्त हुन्छ । यस प्रकारको भूमिमा क्षेत्रीयहरुले घर बनाएर बस्नु उपयुक्त मानिन्छ ।
३. वैश्य भूमि
हरियो रंगको माटो भएको अम्ल रसयुक्त शस्यगन्धा र काश वृक्ष भएको भूमि व्यापारमूलक एवं उब्जनीको काम गर्न उपयुक्त भूमि हो । यस प्रकारको भूमि वैश्यहरुका लागी घर बनाउन उपयुक्त मानिन्छ ।
४. शूद्र भूमि
कालो रंगको माटो भएको र सबै प्रकारको घासले युक्त भूमि सेवामुलक कामका लागी उपयुक्त मानिन्छ । यो भूमिमा शूद्रले घर बनाएर बस्नु उपयुक्त मानिन्छ ।
यस अलावा जुन भूमिमा यज्ञका लागी उपयोगी वृक्ष वा सुगन्ध दिने वृक्ष छन् त्यस भूमिमा ब्राम्ह्णीय कर्मको लागि उपयोगी मानिन्छ । तर कुनै भूमिमा काँडेदार वृक्ष रहेको छ वा कठोर वृक्षहरु छन् भने त्यो क्षत्रीय कर्मका लागी उत्तम मानिन्छ । त्यस्तै कुनै भूमिमा फल लागेका वृक्ष छन् भने त्यस्ता भूमि वैश्यहरुका लागि उपयुक्त मानिन्छ । त्यस्तै पशुपालन गर्न मिल्ने भूमिहरु शूद्रका लागि राम्रो मानिन्छ ।
प्रतिक्रिया