प्रिमियर लिगका खेलहरू सम्पन्न, चेल्सी र म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट « Khabarhub

प्रिमियर लिगका खेलहरू सम्पन्न, चेल्सी र म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यो सिजनको प्रिमियर लिगका खेलहरू सम्पन्न भएका छन् ।

चेल्सी र म्यान्चेस्टर युनाइटेडले सुखद नतिजा निकाल्दै सिजनको अन्त्य गरेका छन् । अन्तिम खेलमा जीत हार्दै दुबै टोलीले च्याम्पियन्स लिगमा आफ्नो यात्रा सुनिश्चित गरेका छन् ।

च्याम्पियन्स लिगको दौडमै रहेको लेस्टर सिटीलाई २-० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले अंक तालिकाको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भयो ।

अर्को खेलमा चेल्सीले वल्भ्समाथि २-० को सहज जित दर्ता गर्दै चौथो स्थान हासिल गर्यो । युनाइटेड र चेल्सीले समान ६६ अंक जोड्दा लेस्टर ६२ अंकसहित पाँचौ स्थानमा रहयो ।

युनाइटेडको जीतमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलमा अग्रता लिएको युनाइटेडका लागि जेसी लिंगार्डले इन्ज्युरी समयमा गोल गर्दै जीत सुनिश्चित गरेका थिए । लेस्टरका डिफेन्डर जोनी एभान्सले इन्ज्युरी समयमा रातो कार्ड खाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।

चेल्सीको जीतमा भने दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । मेसन माउन्टले सिधै फ्रिकिकमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफकै इन्ज्युरी समयमा ओलिभिएर जिरुडले गोल गर्दै चेल्सीलाई जीत सुनिश्चत गरे ।

यस्तै वाटफर्ड र बर्नमाउथ पुछारको तीन स्थानमा रहँदै नर्विचसँगै रेलिगेसनमा परे । बर्नमाउथले एभर्टनको मैदानमा ३-१ को जीत दर्ता गरेपनि शीर्ष श्रेणीमा बच्न सकेन ।

एस्टन भिल्ला र वेस्ट ह्यामको खेल १-१ को बराबरीमा सकिँदा भिल्ला रेलिगेसन क्षेत्रबाट माथि रहन सफल भयो । वाटफर्ड भने आर्सनलसँग ३-२ को हारसँगै पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेसनमा पर्‍यो ।

वाटफर्ड र बर्नमाउथ समान ३४ अंकसहित रेलिगेसनमा पर्दा ३५ अंक जोडेको एस्टन भिल्ला प्रिमियर लिगमा बच्न सफल भयो । यसअघि नै रेलिगेसनमा परेको पुछारको नर्विचले २१ अंकमात्र जोड्न सक्यो । अन्तिम खेलमा नर्विच म्यानचेस्टर सिटीसँग ५-० ले पराजित भयो । उपविजेता सिटीले ८१ अंक जोड्यो ।

अर्को खेलमा टोटेनहम हट्सपरले क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेलेपछि वल्भ्स अंक तालिकाको सातौं स्थानमा पुगेको छ । ह्यारी केनको गोलमा अग्रता लिएको टोटेनहमले बराबरीका बाबजुद युरोपा लिगमा स्थान पक्का गरेको छ । जेफ्री स्लपले खेल बराबरीमा ल्याएपनि टोटेनहम छैटौं स्थानमा रहन सफल भयो । टोटेनहम र वल्भ्सको समान ५९ अंक भएपनि गोलअन्तरमा टोटेनहम अगाडी छ ।

च्याम्पियन लिभरपुलले अन्तिम खेलमा न्युकासल युनाइटेडमाथि ३-१ को जीत दर्ता गर्यो लिभरपुलले कुल ९९ अंक जोड्दै क्लब कीर्तिमान बनाउन सफल रहयो ।

अन्य खेलमा ब्राइटनले बर्नलीमाथि २-१ को जीत निकाल्यो भने साउथह्याम्पटनले सेफिल्ड युनाइटेडलाई ३-१ ले हराएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ५ : ५६ बजे

दाङको विकास र समृद्धिको नेतृत्व गर्छु : शंकर पोखरेल

दाङ- नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का

टी–२० विश्वकप : सेमिफाइनलमा पुग्न भारतलाई वेस्टइन्डिजले दियो १९६ रनको लक्ष्य

काठमाडाैं – भारत टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न वेस्टइन्डिजविरुद्ध १९६ रनको

इरानले भन्यो– नयाँ नेता चयन प्रक्रिया सुरु भयो

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास आराघचीले देशले संवैधानिक प्रक्रिया सुरु गरिसकेको

निर्वाचन सुरक्षाका लागि एसएसपी सोमेन्द्रलाई दोलखा खटाइयो

काठमाडौँ – निर्वाचन केन्द्रित सुरक्षाका लागि एसएसपी सोमेन्द्र सिंह राठौरलाई

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ – अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च