प्रिमियर लिगका खेलहरू सम्पन्न, चेल्सी र म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट | Khabarhub Khabarhub

प्रिमियर लिगका खेलहरू सम्पन्न, चेल्सी र म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगमा छनोट


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यो सिजनको प्रिमियर लिगका खेलहरू सम्पन्न भएका छन् ।

चेल्सी र म्यान्चेस्टर युनाइटेडले सुखद नतिजा निकाल्दै सिजनको अन्त्य गरेका छन् । अन्तिम खेलमा जीत हार्दै दुबै टोलीले च्याम्पियन्स लिगमा आफ्नो यात्रा सुनिश्चित गरेका छन् ।

च्याम्पियन्स लिगको दौडमै रहेको लेस्टर सिटीलाई २-० ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले अंक तालिकाको तेस्रो स्थानमा रहँदै च्याम्पियन्स लिगका लागि छनोट भयो ।

अर्को खेलमा चेल्सीले वल्भ्समाथि २-० को सहज जित दर्ता गर्दै चौथो स्थान हासिल गर्यो । युनाइटेड र चेल्सीले समान ६६ अंक जोड्दा लेस्टर ६२ अंकसहित पाँचौ स्थानमा रहयो ।

युनाइटेडको जीतमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । ब्रुनो फर्नान्डेसको पेनाल्टी गोलमा अग्रता लिएको युनाइटेडका लागि जेसी लिंगार्डले इन्ज्युरी समयमा गोल गर्दै जीत सुनिश्चित गरेका थिए । लेस्टरका डिफेन्डर जोनी एभान्सले इन्ज्युरी समयमा रातो कार्ड खाएपछि घरेलु टोली १० खेलाडीमा सीमित भएको थियो ।

चेल्सीको जीतमा भने दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । मेसन माउन्टले सिधै फ्रिकिकमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । पहिलो हाफकै इन्ज्युरी समयमा ओलिभिएर जिरुडले गोल गर्दै चेल्सीलाई जीत सुनिश्चत गरे ।

यस्तै वाटफर्ड र बर्नमाउथ पुछारको तीन स्थानमा रहँदै नर्विचसँगै रेलिगेसनमा परे । बर्नमाउथले एभर्टनको मैदानमा ३-१ को जीत दर्ता गरेपनि शीर्ष श्रेणीमा बच्न सकेन ।

एस्टन भिल्ला र वेस्ट ह्यामको खेल १-१ को बराबरीमा सकिँदा भिल्ला रेलिगेसन क्षेत्रबाट माथि रहन सफल भयो । वाटफर्ड भने आर्सनलसँग ३-२ को हारसँगै पुछारबाट दोस्रो स्थानमा रहँदै रेलिगेसनमा पर्‍यो ।

वाटफर्ड र बर्नमाउथ समान ३४ अंकसहित रेलिगेसनमा पर्दा ३५ अंक जोडेको एस्टन भिल्ला प्रिमियर लिगमा बच्न सफल भयो । यसअघि नै रेलिगेसनमा परेको पुछारको नर्विचले २१ अंकमात्र जोड्न सक्यो । अन्तिम खेलमा नर्विच म्यानचेस्टर सिटीसँग ५-० ले पराजित भयो । उपविजेता सिटीले ८१ अंक जोड्यो ।

अर्को खेलमा टोटेनहम हट्सपरले क्रिस्टल प्यालेससँग १-१ को बराबरी खेलेपछि वल्भ्स अंक तालिकाको सातौं स्थानमा पुगेको छ । ह्यारी केनको गोलमा अग्रता लिएको टोटेनहमले बराबरीका बाबजुद युरोपा लिगमा स्थान पक्का गरेको छ । जेफ्री स्लपले खेल बराबरीमा ल्याएपनि टोटेनहम छैटौं स्थानमा रहन सफल भयो । टोटेनहम र वल्भ्सको समान ५९ अंक भएपनि गोलअन्तरमा टोटेनहम अगाडी छ ।

च्याम्पियन लिभरपुलले अन्तिम खेलमा न्युकासल युनाइटेडमाथि ३-१ को जीत दर्ता गर्यो लिभरपुलले कुल ९९ अंक जोड्दै क्लब कीर्तिमान बनाउन सफल रहयो ।

अन्य खेलमा ब्राइटनले बर्नलीमाथि २-१ को जीत निकाल्यो भने साउथह्याम्पटनले सेफिल्ड युनाइटेडलाई ३-१ ले हराएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ५ : ५६ बजे

दशैँ : कति बजे छ टीकाको साइत ?

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको बडादशैँको टीकाको

विश्वकर्मा पूजाका लागि मूर्तिहरू तयार (तस्बिरहरू)

काठमाडौं– भोलि पर्न गइरहेको विश्वकर्मा पूजाका लागि माटोका मूर्ति बनाउने

अर्थमन्त्रीद्वारा निजी क्षेत्रसँग छलफल

काठमाडौं– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन्

निषेधाज्ञा हटाएपछि जनजीवन सामान्य

सुदूरपश्चिम– जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा आजदेखि हटाएको

निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

काठमाडौं– प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति