विभिन्न १५ जिल्लामा भारी वर्षा, चार दिनसम्म सतर्क रहन आह्वान « Khabarhub

विभिन्न १५ जिल्लामा भारी वर्षा, चार दिनसम्म सतर्क रहन आह्वान


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुई वटा मौसमी प्रणाली सक्रिय रहँदा आज बिहानैदेखि विभिन्न १५ जिल्लामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, तनहुँ, पाल्पा, गुल्मी, नवलपरासी, रूपन्देही र कपिलवस्तुका केही स्थानमा भारी वर्षा भएको छ ।

ती क्षेत्रमा भारी वर्षापछि स-साना खोलामा आकस्मिक बहाव हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरो जाने जोखिम रहेकाले सतर्क रहन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ ।

यस्तै तीनाउ नदी बुटवलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकाले कञ्चनखोला, तिनाउ नदीको तटीय क्षेत्र आसपासका साना खोलामा बाढी आउन सक्ने भएकाले सतर्क रहन पनि आह्वान गरिएको छ ।

मनसुन सक्रिय भएसँगै देशको धेरै जसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केही स्थानहरुमा भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन विभागले आह्वान गरेको छ।

आजदेखि मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको तथा तथा अरब‍ सागरबाटसमेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिएकाले ३/४ दिनसम्म ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

मौसमविद्का अनुसार देशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भई प्रदेश ५, गण्डकी, कर्णाली, सुदूरपश्चिम तथा बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

यस्तै प्रदेश नम्बर १ र २ का थोरै स्थानमा पनि भारी वर्षा भई पहिरो तथा बाढीको जोखिम भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

चार दिन देशका विभिन्न नदी, खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ४४ बजे

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा

सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको