मध्यपहाडी राजमार्गमा पहिरोले सडक अवरूद्ध, ८ दिनदेखि गाडी अलपत्र | Khabarhub Khabarhub

मध्यपहाडी राजमार्गमा पहिरोले सडक अवरूद्ध, ८ दिनदेखि गाडी अलपत्र


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ – राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बाग्लुङ खण्डको बोक्सेमा खसेको पहिरोका कारण ठूला सवारी साधन अलपत्र परेका छन् ।

एकतर्फी मात्रै सडक सञ्चालन गर्दा मालबाहक सवारी सधान भने बीच बाटोमै अलपत्र परेका छन् ।

गत मङ्गलबार बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिरो बिहीबार साँझ मात्रै एकतर्फ खुलेको थियो । एकतर्फी खुलाइएको सडकमा साना सवारी जीप, कार सञ्चालनमा आए पनि खाद्यान्न सामग्री ल्याएका एवं ढुङ्गा, सिमेन्ट, रडलगायतका सामान बोक्ने ट्रक आठ दिनयता बोक्से छेउछाउमै रोकिएका छन् ।

मालबाहक ट्रकसहित पोखरा हिडेका सवारी चालक दलबहादुर परियारले सडक नखुलेपछि आठ दिनदेखि ट्रकको बास भएको बताए । ‘भएको पैसा खाएर सकियो, यतिका दिन भइसक्यो बाटो दुईतर्फी खुलाउन पटक–पटक आग्रह गर्दासमेत सम्बन्धित निकायले वास्ता नै गर्दैन, अब कहिले खुल्ने हो भन्ने पनि थाहा छैन,’ उनले भने ।

पहिरो ठूलो भएको र दुईतर्फी सञ्चालनमा ल्याउँदा पुनः सडक अवरुद्ध हुने भएकाले एकतर्फीमात्रै सडक पुनः सञ्चालन भएको मध्यपहाडी पुष्पलाल लोकमार्गका प्राविधिक उज्जल शर्माले जानकारी दिए ।

साना सवारीका लागि बाग्लुङ नगरपालिका र काठेखोला गाउँपालिकाले वैकल्पिक सडक पुनः सञ्चालन गर्न थाले पनि ठूला सवारी साधन बाटोमै अलपत्र पर्न थालेका हुन् ।

मध्यपहाडी लोकमार्ग आयोजनाले समेत सडक दुईतर्फी पुनः सञ्चालनका लागि ध्यान नदिँदा यात्रु तथा चालक रुष्ट बनेका छन् ।

स्थानीयवासीले बस्ती जोखिममा पर्ने भन्दै माटो फाल्न नदिँदा पनि सडक सञ्चालनमा आउन नसकेको बताएका छन् । लोकमार्ग सडकभन्दा तल मानव बस्ती रहेकाले माटो फाल्दा बस्ती नै जोखिममा पर्ने भएकाले लोकमार्गको माटो अन्यत्र फाल्नका लागि आग्रह गरिएको स्थानीयन गीता रेग्मीले जानकारी दिइन् ।

जतिसक्दो सडकमा अलपत्र परेका ठूला सवारीलाई गन्तव्यममा पुर्‍याउन लोकमार्ग आयोजना कार्यालयलाई निर्देशन दिएको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानले जानकारी दिए ।

लोकमार्गको बागलुङ खण्डमा पर्ने १४० किलोमिटर सडकमध्ये जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर सडक कालोपत्रे हुन नसक्दा सयौँ यात्रुले सास्ती खेप्नुपरेको समयमा सडकमाथिबाट खसेको पहिरोले झनै समस्यामा पारेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ८ : ०० बजे

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको