इंग्ल्याण्डविरूद्धको तेस्रो टेष्टमा ३९९ रनको विजयी लक्ष्य पच्छ्याउँदै वेष्ट इण्डिज « Khabarhub

इंग्ल्याण्डविरूद्धको तेस्रो टेष्टमा ३९९ रनको विजयी लक्ष्य पच्छ्याउँदै वेष्ट इण्डिज


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोलि इंग्ल्याण्डले तेस्रो तथा अन्तिम टेष्टमा वेष्ट इण्डिजलाई जीतका लागि ३ सय ९९ रनको लक्ष्य दिएको छ ।

म्यानचेस्टरमा आइतबार आफ्नो दोस्रो इनिङ्समा २ विकेटको क्षतीमा २ सय २६ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्याण्डले पाहुना टोलीलाई चुनौतिपूर्ण लक्ष्य दिएको हो ।

दोस्रो इनिङ्समा इंग्ल्याण्डका रोरी ब्रुन्सले ९९ रन जोड्दा कप्तान जोय रुटले अविजित ६८ रन बनाए । डम सिब्ली ५६ रनमा आउट भए । वेष्ट इण्डिजका कप्तान जासन होल्डर र रोस्टन चेसले १/१ विकेट लिए ।

यसअघि ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ६९ रन बनाएको थियो ।

इंग्ल्याण्डले इनिङ्स समाप्तिको घोषणा गरेपछि दोस्रो इनिङ्स थालेको वेष्ट इण्डिजले खराब सुरुवात गरेको छ ।

तेस्रो दिनको खेल सकिदा वेष्ट इण्डिजले दोस्रो इनिङ्समा २ विकेट गुमाएर १० रन बनाएको छ । वेष्ट इण्डिज ३ सय ८९ रनले पछि रहेको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : ४० बजे

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल

इरानद्वारा युएईको विशाल तेलभण्डार केन्द्रमा आक्रमण

दुबई – इरानले संयुक्त अरब इमिरेट्स (यूएई)को फुजाइरा बन्दरगाहमा शनिबार