इंग्ल्याण्डविरूद्धको तेस्रो टेष्टमा ३९९ रनको विजयी लक्ष्य पच्छ्याउँदै वेष्ट इण्डिज | Khabarhub Khabarhub

इंग्ल्याण्डविरूद्धको तेस्रो टेष्टमा ३९९ रनको विजयी लक्ष्य पच्छ्याउँदै वेष्ट इण्डिज


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – घरेलु टोलि इंग्ल्याण्डले तेस्रो तथा अन्तिम टेष्टमा वेष्ट इण्डिजलाई जीतका लागि ३ सय ९९ रनको लक्ष्य दिएको छ ।

म्यानचेस्टरमा आइतबार आफ्नो दोस्रो इनिङ्समा २ विकेटको क्षतीमा २ सय २६ रन जोडेर इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्याण्डले पाहुना टोलीलाई चुनौतिपूर्ण लक्ष्य दिएको हो ।

दोस्रो इनिङ्समा इंग्ल्याण्डका रोरी ब्रुन्सले ९९ रन जोड्दा कप्तान जोय रुटले अविजित ६८ रन बनाए । डम सिब्ली ५६ रनमा आउट भए । वेष्ट इण्डिजका कप्तान जासन होल्डर र रोस्टन चेसले १/१ विकेट लिए ।

यसअघि ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ६९ रन बनाएको थियो ।

इंग्ल्याण्डले इनिङ्स समाप्तिको घोषणा गरेपछि दोस्रो इनिङ्स थालेको वेष्ट इण्डिजले खराब सुरुवात गरेको छ ।

तेस्रो दिनको खेल सकिदा वेष्ट इण्डिजले दोस्रो इनिङ्समा २ विकेट गुमाएर १० रन बनाएको छ । वेष्ट इण्डिज ३ सय ८९ रनले पछि रहेको छ ।

 

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ९ : ४० बजे

टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट

काठमाडौं – टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक, २०२४

लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने

काठमाडौं – पर्यटन क्षेत्रका श्रमिकको संस्था नेपाल ट्रे र्‍याफ्टिङ, एयरलाइन्स

ट्राफिकको यान्त्रिक चेकिङ्गमा ५३ जना चालकमाथि कारबाही

भक्तपुर – भक्तपुरको ठुलोवेशीमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं – एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोल र डिजेलको मूल्य घट्यो (सूचीसहित)

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ