हलिउड अभिनेत्री हेविल्याण्डको १०४ वर्षको उमेरमा निधन « Khabarhub

हलिउड अभिनेत्री हेविल्याण्डको १०४ वर्षको उमेरमा निधन


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – हलिउड अभिनेत्री ओलिभिया डी हेविल्याण्डको निधन भएको छ । ‘गोल्डेन एज अफ हलिउड’ की स्टार मानिने हेविल्याण्डको १०४ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनको पेरिसस्थित आफ्नो घरमा निधन भएको न्यूयोर्ककी प्रचारक लिजा गोल्बर्गले आइतबार पुष्टि गरिन् ।

हेभिल्याण्डले आफ्नो करिअरको ५० वर्षमा झण्डै ५० वटा फिचर फिल्ममा काम गरिन् । उनी दुईपटक ओस्कार अवार्ड पाएकी थिइन् ।

सन् १९६० देखि पेरिसमा बस्दै आएकी हेभिल्याण्ड ओस्कार विजेता जोन फोटेनकी बहिनी हुन् ।

हेभिल्याण्डले ‘गन विद विण्ड’ मा पनि अभिनय गरेकी थिइन् र सन् १९३९ मा रिलिज भएको यो फिल्मका कलाकारमध्ये उनीमात्र जीवित थिइन् ।

सन् १९१६ मा टोकियोमा जन्मेकी हेभिल्याण्डलाई उनकी आमा र बहिनीले क्यालिफोर्निया ल्याएका थिए ।

उनले आफ्नो जीवनकालमा दुई बिहे गरे पनि दुवै बिहे असफल भएका थिए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १० : ४१ बजे

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : चुनावी समीक्षासँगै नियमित महाधिवेशन मिति तय गर्न सक्ने

काठमाडौं – फागुन २१ को चुनावमा लज्जास्पद हारपछि नेपाली कांग्रेसले

पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता

एजेन्सी– गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना