बहुमतका आधारमा अघि बढ्ने प्रचण्ड पक्षको तयारी « Khabarhub

बहुमतका आधारमा अघि बढ्ने प्रचण्ड पक्षको तयारी


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रको विवाद समाधान गर्न दुई अध्यक्षबीचको छलफल लगातार निष्कर्षबिहीन बन्न थालेपछि गुटगत बेला बढ्न थालेका छन् ।

सहमति जुटाएर स्थायी कमिटी बैठक सञ्चालन गर्ने भन्दै पटक पटक स्थगित भएको स्थायी कमिटी बैठकको मिति नजिकिए पनि ठोस सहमति नजुटेपछि नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर नेताहरु छलफलमा जुटेका छन् । स्थायी कमिटी बैठक अझै अनिश्चित भएपछि त्यसबारे खुमलटारमा पुगेर नेताहरुले रणनीति बनाएका छन् ।

प्रचण्ड निवास खुमलटारमा बिहानैबाट विभिन्न चरणमा भेट र छलफल चलेका छन् । प्रचण्डलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल पनि खुमलटार पुगेका थिए ।

खुलमटारमा प्रचण्डसँगको छलफलमा सहमतिका साथ अघि बढ्न सम्भावना नरहे बहुमतका आधारमा अघि बढ्ने गरी बैठकमा प्रस्तुत हुन नेताहरुले प्रचण्डलाई सुझाव दिएका छन् । सोही अनुसार अघि बढ्न प्रचण्ड पनि सहमत भएको भेटमा सहभागी एक नेताले बताए ।

ती नेताले भने, ‘सहमतिको अन्तिम प्रयास जारी छ । सकेसम्म आज पनि दुई अध्यक्षले छलफल गरेर सहमति खोज्ने प्रयास हुनेछ भएन भने बहुमतका आधारमा अघि बढ्नुको विकल्प छैन । सँधै पार्टीमा यो अवस्था हुनुहुँदैन ।’

प्रचण्ड निवास खुमलटारमा आन्तरिक छलफल चलिरहँदा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो समूहका नेताहरुसँग परामर्श गरिरहेको बुझिएको छ ।

बालुवारमा हुने छलफलमा भने पार्टीलाई जसरी पनि महाधिवेशनमा लैजाने पक्षमा माहौल तयार पार्ने काम जारी रहेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ११ : ०५ बजे

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद