सरकारको निर्देशन विपरित खुल्यो शाश्वत धाम « Khabarhub

सरकारको निर्देशन विपरित खुल्यो शाश्वत धाम



नवलपुर । व्यापारिक घराना चौधरी ग्रुपले निर्माण गरेको पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको दुम्कौलीस्थित शाश्वत धाम खुला भएको छ ।

विश्वब्यापारी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण लकडाउन गरिएपछि देशैभरका मठमन्दिरका बन्द भएका थिए ।

गत मंगलबारदेखि सरकारले लकडाउन खुला गरेपछि सार्वजनिक सवारी साधनहरु पनि सञ्चालन गर्न छुट दिइएको छ । तर पनि कोरोना संक्रमण अन्त्य भइनसकेको भन्दै विद्यालय, मठमन्दिरहरु तथा मेला महोत्सवहरु सञ्चालन गर्न सरकराले रोक लगाएको छ ।

सरकारले मठमन्दिरहरु खुला गर्न अनुमति नदिएको भए पनि चौधरी ग्रुपले निर्माण गरी २०७३ फागुन २४ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको शाश्वत धाम भने साउन लागेसँगै खुला गरिएको छ ।

लकडाउनले गर्दा बन्द गरिएको धाम साउन १ गतेदेखि खुला गरिएको धामका कर्मचारीहरुले बताए । श्रावण महिना शिव महिमाको मन्दिर भएकाले बोलबम तिर्थालुहरुलाई आह्वान गर्ने गरी एकाम्बेश्वर महादेव मन्दिर शाश्वत धामको तर्फबाट ब्यानर टाँगेर भक्तजनलाई मन्दिरमा आमन्त्रण गरिएको छ ।

शाश्वत धाममा अलवलोक गर्नेहरुलाई मात्र होइन, मन्दिर भित्र पूजाअर्जना गर्न पनि खुला भएको शाश्वत धामको सुरक्षार्थ कटिएका कर्मचारी राजबहादुर अधिकारीले बताए ।

उनले दर्शनार्थीको ज्वारो नाप्ने र सेनिटाजर प्रयोग गरी प्रवेश गर्न दिइएको बताए ।

जिल्लाका अन्य धार्मिक मठमन्दिरहरु गैंडाकोटको मौलाकालिका, विनयी त्रिवेणीमा रहेको दाउन्ने मन्दिर तथा गजेन्द्र मोक्षधाम खुला भएका छैनन् ।

अहिलेसम्म कुनै पनि मठमन्दिर खुला गर्न अनुमति नदिएको नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए ।

चौधरी उद्योगका अधिकृत रामचन्द्र धितालले भने मन्दिर खुला नगरिएको दाबी गरेका छन् । बन्द भए पनि सरसफाइ गर्नुपर्ने भएकाले सरसफाइ मात्रै गरिएको बताए ।

दैनिक हजारौंले दर्शनार्थीहरु आउने गरेको शाश्वत धाममा अहिले भने ५०/६० जना मात्रै आएको अधिकारीले जानकारी दिए ।

मन्दिरमा तोकिएको स्थानबाट दर्शन गर्न पाउने, फोटो खिच्न पाउने, अवलोकन गर्न पाउने व्यवस्था गरिएको छ ।

सीजी औद्योगिक पार्कभित्र सात बिघा क्षेत्रफलमा फैलिएको विशाल शाश्वत धामको इकाम्बरेश्वरा शिव मन्दिर प्रमुख आकर्षण हो ।

जगद्गुरु शंकराचार्यको निर्देशन बमोजिम निर्माण सम्पन्न गरिएको शाश्वत धाममा १२ राशि र २७ नक्षत्रको प्रतिनिधित्व हुने गरी वर, पीपल, अशोकलगायत रूखका बिरुवा लगाइएको छ ।

शाश्वत धाममा विशेष पूजाआजाका लागि भने शुल्क लिने गरिन्छ । साउन लागेपछि टिकट समेत काट्न शुरु गरिएको छ ।

खजुरावान शैलीमा बनेको बुट्टेदार एकम्बरेश्वर शिव मन्दिर चारैतिरबाट तालले घेरिएको छ । बद्री, केदार, हरिद्वार, मुक्तिनाथ र पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाएर बनाइएको यो ताललाई सर्वतीर्थ सरोबर ताल नाम दिइएको शाश्वत धाम ब्यवस्थापम समितिले जनाएको छ ।

यो धाममा ४५ जनाका लागि आवासीय सुविधासहित योग तथा ध्यान केन्द्र समेत रहेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १२ : ५१ बजे

शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता

नयाँ दिल्ली- भारतका सङ्घीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि भारतमा

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डीएपी मल बरामद

जनकपुरधाम– धनुषाको धनुषाधाम नगरपालिका–५, ९०० बिघास्थित एक वडा सदस्यको घरबाट

हर्कको प्रवेशले एमाले भोजपुरमा हलचल, उपमेयर शेर्पासहित सात नेतामाथि कारबाही

भोजपुर– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ केही दिनअघि जिल्ला

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका