सुशान्त सिंह राजपूत केश: निर्माता महेश भट्टसँग बयान लिँदै प्रहरी « Khabarhub

सुशान्त सिंह राजपूत केश: निर्माता महेश भट्टसँग बयान लिँदै प्रहरी


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेको एक महिनाभन्दा बढी भइसकेको छ । प्रहरीले उनको आत्महत्याको कारण पत्ता लगाउने कोशिश गरिरहेको छ ।

मुम्बई प्रहरीले यो केशमा ३७ जनासँग सोधपुछ गरिसकेको छ । यसैबीच प्रहरीले निर्माता महेश भट्टसँग पनि सोधपुछ गरेको छ ।

भारतीय मिडियाका अनुसार सुशान्तको आत्महत्याको विषयमा सोधपुछ गर्नका लागि प्रहरीले महेशलाई बोलाएको हो । यसअघि सञ्जय लीला भन्साली, आदित्य चोपडा लगायतलाई पनि प्रहरीले बोलाएर सोधपुछ गरिसकेको छ ।

प्रहरीले बलिउड अभिनेत्री कंगना रनावत र धर्मा प्रोडक्सनलाई पनि पत्र पठाएको छ ।

सुशान्त सिंह राजपूतले गत जुन १४ मा आफ्नै आवासमा झुण्डिएर आत्महत्या गरेका थिए । ३४ वर्षीय सुशान्तले आत्महत्या गरेपछि बलिउडमा नेपोटिज्ममाथि बहस भइरहेको छ ।

बलिउडमा नेपोटिज्मका कारण बाहिरबाट आउने कलाकारले मौका नपाउने बहस भइरहेको छ ।

सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’ हालै डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो । उक्त फिल्मलाई दर्शकले रुचाएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १ : १७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर