बिहानसम्म बिरामी जाँचेका डाक्टर कोरोना संक्रमित « Khabarhub

बिहानसम्म बिरामी जाँचेका डाक्टर कोरोना संक्रमित


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- मनिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा सोमबार कोरोना पुष्टि भएको छ ।

मनिपाल कलेजमा एमडी पहिलो वर्षमा उनी मेडिकल वार्डमा कार्यरत चिकित्सक हुन् ।

सामान्य ज्वरो आएकाले स्वाब लिएर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।

क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामाा परीक्षणका गर्दा उनमा कोरोना पुष्टि भएको हो । ती स्वास्थ्यकर्मी रिपोर्ट नआउँदासम्मै बिरामी परीक्षण गरिरहेको मनिपाल उच्च स्रोतले जानकारी दिएको छ ।

उच्च सतर्कताका बीच काम गरिरहेका उनको शरीरमा भाइरस कहिले प्रवेश गर्‍यो भन्नेमा अस्पताल प्रशासनले खोजी सुरु गरेको छ । उनी कति दिनदेखि संक्रमित थिए र कति बिरामी परीक्षण गरे भन्ने अन्योल कायमै छ ।

उनलाई अहिले क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको छ । मनिपालको आवास र मेडिकल वार्डलाई स्यानिटाइज गर्ने र ती चिकित्सकको सम्पर्कमा आएकालाई निगरानीमा राख्ने प्रयास भैरहेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १ : १६ बजे

ओखलढुंगामा काग्रेसको उम्मेदवार फेरियो, खतिवडाको सट्टा लुइँटेललाई टिकट

काठमाडौं– नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्यका लागि ओखलढुंगामा कुमार लुइँटेललाई

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल