कालापानीदेखि लिम्पियाधुरासम्म नेपालीलाई प्रवेश नदिन भारतको पत्र | Khabarhub Khabarhub

कालापानीदेखि लिम्पियाधुरासम्म नेपालीलाई प्रवेश नदिन भारतको पत्र


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीलाई नै प्रवेश नदिन भन्दै नेपाललाई  निर्देशनात्मक पत्र पठाएको छ ।

गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशनात्मक पत्र पठाएको हो ।

भारतको धार्चुला प्रशासनले नेपालस्थित दार्चुला जिल्ला प्रशासन कार्यालयलाई जुलाई १४ मा  पठाएको पत्रमा विभिन्न नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहने र मिडियामार्फत आफ्नो ध्यान तान्न उद्यत भएको भन्दै त्यस्ता समूहलाई प्रवेश नदिन नेपाललाई निर्देशनको शैलीमा पत्र लेखेको हो ।

‘बिभिन्न नेपाली गुट समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ, ‘अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’

नेपालले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सा प्रतिनिधि सभाबाट जेठ ३१ गते पारित भएको थियो । तर, उक्त भूभाग भारतले आफ्नो दाबी गर्दै संरचना नै बनाउँदै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १ : २७ बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही