होटलको ‘स्पेशल डिस्क’ बन्यो सलह « Khabarhub

होटलको ‘स्पेशल डिस्क’ बन्यो सलह

कतै नोक्सान, कतै बिजनेश



बाग्लुङ गल्कोट वडा नम्बर ६ की २० वर्षीया संगीता बस्नेत आजभोलि दिनभरी सलह बटुल्छिन् । गाउँमा आएको सलह बटुलेर फाल्ने होइन, समातेको सलह होटलमा लगेर बेच्छिन् ।

संगीतासँगै अन्य बालबालिकाहरुको पनि विगत चारदिनदेखि खेतबारीमा छपक्कै बसेका बसेका सलहलाई प्लाष्टिकका डिब्बा, फेन्टा र कोक, स्प्राइटका बोतलमा जम्मा गर्ने र बिक्री गर्ने दैनिकी बनेको छ ।

एक साताअघि बाग्लुङ आएको सहलको झुण्डमध्ये केही सहल गलकोटा पाखामै रुमल्लिएका छन् । झण्डै एक सातादेखि आएको सलहले बालीनालीमा नोक्सानी पुर्याइरहेको छ ।

सलह धपाउन स्थानीय किसानले धुवाँ बाल्ने, टिन ठटाउने गरिरहेका छन् भने केहीलाई सलह आम्दानीको स्रोत बनेको छ ।

सहल प्रतिबोतल २० रुपैयाँदेखि ५० रुपैयाँसम्म बिक्री हुने गरेको बस्नेतले बताइन् । अनि, होटल रेष्टुरेन्टमा भने फ्राइ गरेर तयार पारेको सलहको परिकारलाई प्रतिप्लेट २ सयदेखि ३ सय ५० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको स्थानीय पत्रकार घनश्याम गौतमले बताए ।

सलह बन्यो स्पेशल परिकार

गल्कोटको मुल्य व्यापारिक केन्द्र मानिने गल्कोटमा होटल व्यवसायीहरुले सलहको स्पेशल परिकार बनाउने गरेका छन् ।

सलहको फ्राइ सलह, सलह करी, सलह चिल्ली जस्ता परिकार बनाउने गरिएको स्थानीय होटल व्यवसायी सागर खत्रीले बताए । अहिले गल्कोटका होटलमा सलहको परिकार ‘स्पेशल डिस्क’ बनेको उनले बताए ।

वर्षा भइरहँदा सलहले ठाउँ छाडेन

नियमित भइरहेको वर्षाका कारण सलह ठाउँ नछाडेको गल्कोट नगरपालिकाका कृषि शाखा प्रमुख हरीदत्त सुवेदीले बताए ।

‘केही दिनदेखि वर्षा भइरहेको छ’, सुवेदीले भने,‘तीन चार घण्टा घाम लागेपछि मात्रै बाली नाली खाएर सलह आकाशिन्छ ।’

पानी पर्दा भने सलह बालीनालीमा बसेपनि नोक्सान नगरेको उनले बताए । स्थानीयकाअनुसार लाखौंको संख्यामा रहेको सलहको बथान गल्कोटको वडा नम्बर ६, ७ र १० मा बढी देखिएको छ ।

गलकोटमा निकै बाक्लो मात्रामा भित्रिएको सलहले मकै, कोदो तथा तरकारी बालीमा नोक्सान पुर्याएको छ । कृषि शाखा प्रमुख सुवेदीकाअनुसार एक साताअघि बाग्लुङमा भित्रिएको सहल पानी परेकाबेला व्यवसायीक तरकारी खेति गरेको ठाउँमा जालीभित्र तर घर भित्रै छिरेर बसेको छ ।

तराइबाट आएको सलह शुरुमा बाग्लुङको तारखोलामा बसेको थियो । त्यसपछि सलहको समूह विभिन्न ठाउँमा फैलिएको सुवेदीले बताए । धुवा बाल्ने, थाल तथा टिन ठटाउने गर्दा पनि सलह नभागेको सुवेदीले बताए । उनकाअनुसार सलहले पुर्याएको क्षतिबारेमा तथ्याङ्क संकलन भइसकेको छैन ।

दक्षिणबाट उत्तरतिर हावा बहँदा भारतबाट भित्रिएको सलह बुटवल हुँदै बाग्लुङतर्फ लागेको थियो ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ३ : ५५ बजे

अल इन्डिया गोल्डकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका र कञ्चनपुर जिल्ला क्रिकेट सङ्घले

एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिका र इरान

तेहरान – मध्यपूर्व युद्ध सुरु भएको तीन महिनापछि बिहीबार संयुक्त

आजका समाचार : आयोगको प्रतिवेदनले खैलाबैला, रवीन्द्र उत्कृष्ट जीत र मध्यपूर्वमा हानाहान जारी

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई सजिलै हराए रवीन्द्र ढाँटलेनेपालका रवीन्द्र ढाँटले

‘होल्डिङ सेल्टरमा बिजोग छ’

काठमाडौं– करिब तीन हप्ताभित्र व्यवस्थापन गर्ने बाचा गरेर सरकारले सुकुम्वासी

अर्थमन्त्रीले राष्ट्रपतिलाई गराए नयाँ बजेटबारे जानकारी

काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको