कोरोना नियन्त्रण गर्न सरकारले गरेका कामको नकारात्मक प्रचार भयो : मन्त्री ढकाल « Khabarhub

कोरोना नियन्त्रण गर्न सरकारले गरेका कामको नकारात्मक प्रचार भयो : मन्त्री ढकाल


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले गरेका प्रयासहरुलाई नकारात्मक रुपमा प्रचारबाजी गर्ने काम भइरहेको बताएका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको १३१ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री ढकालले कोरोना नियन्त्रणका लागि सरकारले सीमित स्रोत साधनका बाबजुत पनि प्रभावकारी रुपमा काम गरेको भएपनि नकारात्मक टिकाटिप्पणी र प्रचारबाजी भइरहेको बताए ।

जनता र राष्ट्रप्रतिको जवाफदेहितालाई मध्यनजर गर्दै सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयास दक्षिण एसियामा नै राम्रो भएको मन्त्री ढकालले दाबी गरे ।

उनले कोरोना महामारी नियन्त्रणको विषयलाई राजनीतिक नबनाउन आग्रह गर्दै कोरोनाले कुनै पार्टी वा जात नभन्ने बताए ।

उनले कोरोना महामारीलाई अन्त्य गर्न सबै एकतावद्ध भएर लड्न आवश्यक रहेको पनि बताए ।

मन्त्री ढकालले वीर अस्पताललाई जनताले अनुभूति गर्ने गरी वीर अस्प्तालको सेवा हुन नसकेको भन्दै यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ३ : ४१ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य