अब कलाकारको पारिश्रमिक ‘कार्ड’ ले फिल्म चल्लान् ? « Khabarhub

अब कलाकारको पारिश्रमिक ‘कार्ड’ ले फिल्म चल्लान् ?


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पूजा शर्माले २० लाख पारिश्रमिक लिएर एक नेपाली फिल्ममा काम गर्ने चर्चाले फिल्म क्षेत्र तात्यो । दार्जिलिङका एक निर्माताले निर्माण गर्न लागेको फिल्ममा पूजाले २० लाख पारिश्रमिक लिएको चर्चा चल्यो ।

यो हल्ला गतवर्षको हो ।

उक्त समाचार फैलिएपछि पूजाले सामाजिक सञ्जालमार्फत यो खबरको खण्डन गरिन् । जबकि, उनका निकटका साथीले नै पूजाले महंगो पारिश्रमिक लिएर फिल्ममा अनुबन्ध भएको हल्ला फैलाएका थिए ।

उक्त फिल्म कुन थियो र किन बनेन भन्ने अझै पनि अत्तोपत्तो छैन ।

पूजाले केही समयअघि ‘पोइ पर्‍यो काले’ मा अभिनय गर्न पनि २० लाख पारिश्रमिक लिएको हल्ला फैलियो । यो फिल्म रिलिज भएपछि भने दर्शकले उल्टो प्रश्न गरे – पूजाले २० लाख लिएको कि २० लाखमा फिल्म बनेको ?

पूजा मात्र होइन, साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की लगायतले पनि महंगो पारिश्रमिक लिएको चर्चा चल्ने गर्छ । साम्राज्ञीले फिल्म ‘रातो टीका निधारमा’ का लागि १५ लाख पारिश्रमिक बुझेको हल्ला फैलाइयो ।

फिल्म रिलिज भएपछि साम्राज्ञीका नाममा फ्याँकिएको पारिश्रमिकको कार्डले काम गरेन । यद्यपि रिलिजअघि फिल्मको चर्चा हुन केही राहत भयो ।

अन्य महिला कलाकारको पनि पारिश्रमिकलाई लिएर यस्तै हल्ला फैलिरहन्छिन् ।

हालै साम्राज्ञीले एक भिडियोमार्फत धेरै पारिश्रमिक दिने भनेर फैलाइने हल्ला ‘झूठ’ भएको बताएकी थिइन् । जबकि, उनलाई पनि बढी पारिश्रमिक दिइएको र नेपालकै महंगी नायिका भन्दै निर्माताले आफ्नो फिल्मको प्रचार गरेका थिए ।

बलिउडमा नेपोटिज्ममाथि बहस चलिरहँदा अभिनेता तथा मोडल पल शाहले कलाकारले पाउने पारिश्रमिकबारे बहस गरे । उनले सामाजिक सञ्जालमार्फत वर्षौंसम्म कलाकारले पारिश्रमिक नपाएकोबारे कसले बोल्ने भन्दै प्रश्न गरे ।

पलसँगै प्रदीप खड्का र अनमोल केसी पनि महंगो पारिश्रमिक लिने दौडमा छन् । धेरै पारिश्रमिक लिने भनेर चर्चा हुनेमा सबैभन्दा अगाडि अनमोल केसी छन् । त्यसपछि प्रदीप खड्का र पल शाह ।

पलले पारिश्रमिक नै नपाएको गुनासो गरिरहँदा निर्माताहरु भने उनलाई महंगो पारिश्रमिक बुझ्ने अभिनेता बनाउने धुनमा छन् ।

फिल्मकर्मीहरु कलाकारलाई महंगो पारिश्रमिक दिएको भन्दै फिल्मको ब्राण्डिङ गर्छन् । तर, फिल्म भने दर्शकको मन जित्ने गरी बनाउँदैनन् । लामो समयदेखि फिल्मकर्मीले पारिश्रमिकको कार्ड देखाएर दर्शकलाई फिल्मप्रति आकर्षित गर्न खोजिरहेका छन् ।

चल्तीका कलाकार पनि मौन रुपमा आफ्नो पारिश्रमिक बढेको देखाउन खोजिरहेका छन् । तर, फिल्म बनेर प्रदर्शनमा आइसक्दा उल्टो पाउनुपर्ने पारिश्रमिक पनि नपाएको गुनासो गर्नुपरेको छ ।

अब नेपाली फिल्ममा स्तरीय फिल्मलाई पनि लगानी उठाउन गाह्रो हुने देखिन्छ । किनकि, लकडाउनका समयमा दर्शकले धेरैभन्दा धेरै फिल्म हेरेका छन् । दर्शकलाई ती फिल्मको टेस्ट नेपाली फिल्मले दिन सकेन भने पारिश्रमिकको ‘कार्ड’ ले मात्र फिल्म चल्नेवाला छैन ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : ५५ बजे

मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सबैको प्रयास आवश्यक : महालेखापरीक्षक

काठमाडौँ– महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर

मानव–वन्यजन्तु द्वन्द्वको अन्तरिम प्रतिवेदन कृषिमन्त्रीलाई बुझाइयो

काठमाडौँ-  कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनसम्बन्धी

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ

अमेरिकामा ६ दशक पुरानो नियम खारेज गर्ने तयारी: अब कार्यस्थलमा जातीय र लैङ्गिक विवरण नराखिने

काठमाडौँ – अमेरिकाको रोजगार समान अवसर आयोग (इईओसी) मा रिपब्लिकन